पर्सामा थप १९ जनामा काेराेना संक्रमण पुष्टि

पर्सामा आइतबार साँझ थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितहरु श्रीपुर पंचगावा, पर्सागढी नगरपालिका, वीरगञ्ज महानगरपालिका १६ मिथिलानगर, रेशमकोठी, बहुअरी,  माइस्थान, वीरगञ्ज ११ , १० र छपकैयाका हुन्।

वीरगञ्जमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि अनिश्चितकालिन रुपमा घोषणा गरिएको निषेधाज्ञासँगै आइतबारदेखि परीक्षणलाई समेत तिव्रता दिइएको छ । 

पहिलो दिन नारायणी अस्पताल वीरगञ्जमा कन्ट्रयाक्ट ट्रेसिङ्गको आधारमा संक्रमितका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएकाे छ। यसकाे रिपाेर्ट आउने क्रममा रहेकाे छ।  

प्रकाशित मिति: : 2020-07-26 23:14:42

प्रतिकृया दिनुहोस्