कोरोना भाइरसका कारण विश्व खेलकुद ठप्प भएको बेला इंग्ल्याण्डमा भने खेल गतिविधि बिस्तारै सुचारु हुन लागेको छ। आइतबार द ओभलमा भएको एक मैत्रीपूर्ण क्रिकेट खेलमा एक हजार दर्शक पहिलो पल्ट रंगशालामा प्रवेश गरे।
कोरोनापछि यति धेरै संख्यामा पहिलो पल्ट रंगशालामा दर्शक उपस्थित भएका हुन्। सरे र मिडलसेक्सबीच भएको मैत्री खेल हेर्न उनीहरु रंगशालामा उपस्थित भएका थिए।
यो खेल हेर्न स्थानीय प्रशासनले एक हजार जनालाई स्विकृति प्रदान गरेको थियो। उनीहरु सोशल डिस्टेन्सिङलाई ध्यानमा राखेर खेलको मनोरञ्जन उठाए।
सरे क्लबका प्रमुख अधिकारी रिचर्ड गोउल्डले भने, ‘२५ हजारको क्षमता भएको रंगशालामा खेल हेर्न १० हजारको फोन आएको थियो। तर, हामीले १ हजारलाई मात्र स्विकृति दियौं। परिवारीक समूहको बीचमा पनि दुईवटा सिटको दुरी राखिएको थियो।’
बेलायत सरकारले आउँदो अक्टुबरदेखि रंगशाला दर्शकका लागि पुरै खोल्ने योजना बनाएको छ। आइतबार ट्रायलको रुपमा एक हजारलाई प्रवेश गराइएको स्थानीय निकायले बताएका छन्।