बलिउडका एक्सन निर्देशक परवेज खानको निधन

बलिउडका एक्सन निर्देशक परवेज खानको निधन भएको छ।

खानको सोमबार हृदयघातका कारण ५५ वर्षीय निधन भएको हो।

निर्देशक खानका सहायक निशान्त खानका अनुसार उनलाई सोमबार बिहान हतारहतार अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। 

उनलाई आइतबार राति खानले छाती दुखेको बताएका थिए। उनी सन् १९८६ देखि फिल्म क्षेत्रमा कार्यरत थिए।

एक्सन निर्देशक अकबर बख्सीको सहायकका रूपमा करियर सुरु गरेका परवेज खानले अक्षय कुमारको ‘खिलाडी’, शाहरुख खानको ‘बाजिगर’ र बबी देओलको ‘सोल्जर’ जस्ता फिल्ममा काम गरेका थिए।

प्रकाशित मिति: : 2020-07-28 12:22:28

प्रतिकृया दिनुहोस्