बालुवाटारमा घनश्याममाथि बेदुराम र रघुजी झम्टिन पुगेपछि

प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि वालुवाटारमा आज बसेको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल समूहको भेलामा हात हालाहालसम्मको स्थिति देखिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रचण्ड–नेपाल समूहको छलफललाई भेला भन्ने कि बैठक भन्ने विषयमा सहमति हुन नसक्दा हात हालाहालको स्थिति उत्पन्न भएको हो ।

सहमतिबिना प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले स्थायी कमिटी बैठक स्थगित गरे पनि बालुवाटारमा प्रचण्ड–नेपाल समूहले भेला राखेका थिए । सो भेलामा सचिवालयका ५ जना सदस्य अनुपस्थित थिए ।

प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई भेटेर आएपछि प्रचण्डले सुरुमैै बिफ्रिङ गरे, ‘प्रधानमन्त्रीले बैठक स्थगित भइसकेको छ, अब तपाईँ पनि बैठक नचलाउनुहोस, यसले वैधानिकता पाउँदैन भन्नुभयो, त्यसैले अब जेजे हुनु भइसक्यो, यसलाई बैठक नभनौँ, बैठक भन्यो भने अर्को दुर्घटनातर्फ जान्छ ।’

प्रकाशित मिति: : 2020-07-28 17:29:17

प्रतिकृया दिनुहोस्