हिमालयन बैंकले ल्यायो ११ प्रकारका सरल कर्जा

हिमालयन बैंकले अहिलेको स्थितिलाई ध्यानमा राख्दै ११ प्रकारका सहज–सरल विशेष कर्जा योजना ल्याएको छ। 

शुक्रबार बैंकले कोरोनापछि निम्तिएको अवस्था ध्यानमा राख्दै ८.४९ प्रतिशत ब्याजदरका विभिन्न ६ प्रकार र ९.८९ प्रतिशत ब्याजदरमा पाँच प्रकारका सहज–सरल विशेष कर्जा योजना सार्वजनिक गरेको हो। 

बैंकले सार्वजनिक गरेका ८.४९% ब्याज दरको कर्जा योजनामा एसएमई कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यावसायिक कम्प्लेक्स निर्माण कर्जा छन्।

९.८९% ब्याजको कर्जा योजनामा शेयर धितो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, व्यक्तिगत साना व्यावसायिक कर्जा, सुबिधा कर्जा र व्यक्तिगत कर्जा रहेका छन्। 

बैंकले १०.३९ प्रतिशत ब्याजदरमा व्यावसायिक सवारी साधन कर्जा पनि ल्याएको छ। दस वर्ष अवधिसम्मका लागि पाइने एसएमई कर्जा ग्राहकले न्यूनतम ५ लाखदेखि ६ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

घर कर्जाको सीमा भने एक करोड रुपैयाँ तोकेको छ। ग्राहकहरूले घर निर्माण वा घर–जग्गा खरिदका लागि सो कर्जा उपयोग गर्न सक्नेछन्।

यो योजनामा लागू हुने ब्याजदरको प्रिमियम न्युनतम एक वर्षका लागि स्थिर रहने व्यवस्था गरेको छ, कर्जाहरूको सेवा शुल्क पनि हालसम्मको न्यून रहने बैंकले जनाएको छ। 

प्रकाशित मिति: : 2020-07-31 13:27:13

प्रतिकृया दिनुहोस्