जब गम्भीर अवस्थामा पुग्छन् 

...त्यसपछि गाउन थाल्छन् बादशाह

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

एक दशकदेखि आफूलाई गायनमा सफल बनाउन सकेका छन् र्यापर बादशाह। उनले बलिउडलाई सुपरहिट गीतहरू दिएका छन्। जसमध्ये ‘अभी तो पार्टी सुरु हुई है’, ‘काला चश्मा र बेबीको बेस पसन्द है’ रहेको छ।

बादशाले बेलायतको आधिकारिक सङ्गीत चार्टमा धेरै पटक शीर्ष स्थान हासिल गरेका छन् र उनी आफूले गाएको गीतको कारण पनि भाइरल छन्।

सोसल मिडिया, टीभी विज्ञापन र ट्यालेन्ट शोमा देखिररहने उनको लागि गायन क्षेत्र त्यतिधेरै सजिलो पनि रहेन। उनी मानसिक स्वास्थ्यसँग जुधिरहे। उनी भन्छिन्, ‘थेरापी लिनु धेरै जरुरी छ।’ बादशाहको सक्कली नाम आदित्य प्रतीक सिंह सिसोदिया हो। उनी धरै ठुलो समस्याबाट गुज्रिएको बताउँछन्।

दक्षिण एसियाली समुदायहरूमा मानसिक स्वास्थ्यको बारेमा कुरा गर्न सजिलो छैन, किनकि यो मुद्दा सामान्यतया वर्जित मानिन्छ। तर बादशाहको विचारमा यसको उपचार चोटपटकमा प्लास्टर लगाएजत्तिकै सजिलो हुनुपर्छ।

 जब पहिलो–पटक अट्याक भयो

संगीत उनको लागि उपचार मात्र होइन विचार पनि हो। जब उनलाई सन् २०१४ मा लण्डनबाट फर्कने क्रममा उनलाई प्यानिक अट्याक भएको थियो।

उनी भन्छन्, ‘मुटुको धड्कन तीव्र भएकाले मलाई लाग्यो कि यो हृदयाघात हो। मैले फोन निकालेर लेख्न थालें। त्यसपछिको १५ मिनेटमा म एकदम ठीक भएँ। अनि त्यही बेला मैले महसुस गरें कि यो संगीतको प्रभाव हो।’

जब उनी गम्भीर अवस्थामा हुन्छन् तब उनी संगीतलाई नै खोज्छन्।

भलै उनी आफ्नो गीत ‘पार्टी’ को लागि चर्चित छन् तर उनी सन् २०२० मा रिलिज भएको एल्बम ‘द पावर अफ ड्रीम्स अफ अ किड’ को ‘फोकस’ र ‘घर से दूर’ जस्ता गीतहरूमा आफू भावनात्मक रुपमा पारदर्शी रहेको बताएका छन्।

उनी विश्वास गर्छन् कि यो खुलापनले उनलाई ‘वास्तविक प्रशंसकहरू’सँग जोड्दछ।

अभिव्यक्ति स्वतन्त्रताबारे के भन्छन् बादशाह?

भारत विश्वको सबैभन्दा ठूलो लोकतन्त्र हो तर अभिव्यक्ति स्वतन्त्रतामा कथित प्रतिबन्धका लागि आलोचना भइरहन्छ र विवादास्पद मुद्दाहरूमा टिप्पणी गरेको कारण धेरै प्रमुख व्यक्तित्वहरू आलोचनाको शिकार भएका छन्।

बादशाह भन्छन् कि शब्दहरूलाई धेरै किसिमले व्याख्या गर्न सकिन्छ तर बुझ्नु अति आवश्यक छ। उनको प्राथमिक उद्देश्य ‘मनोरञ्जन’ हो र उनी बच्चाहरूको शिक्षा र जलवायु परिवर्तन जस्ता महत्त्वपूर्ण कुराहरूमा आफ्नो प्रभाव प्रयोग गर्न रुचाउँछन्। ‘यो पनि राम्रो कर्म हो। यदि म यसमा सफल भएँ भने म खुसी महसुस गर्छु’, उनले भने। 

प्रकाशित मिति: : 2023-11-30 20:25:00

प्रतिकृया दिनुहोस्