
बिएल संवाददाता
यही वैशाख १५ गते इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङको निर्वाचन क्षेत्र नम्बर १ (१) मा भएको उपनिर्वाचनको मत गणना भइरहेको छ।
हिजो आइतबारदेखि भएको मतगणना लगभग अन्तिमतिर पुग्दैछ। मतगणना अन्तिमतिर पुग्दै गर्दा एमाले–काँग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा चलिरहेको छ। सोमबार बिहान सवा ८ बजेसम्मको मतपरिणामअनुसार एमाले–काँग्रेस प्रतिस्पार्धामा हुँदा अन्य दललाई भने जनताले नपत्याएको प्रष्ट देखिन्छ।
दुई दलका उम्मेदवारबीच कसले बाजी मार्ने भन्ने प्रतिस्पर्धा चलिरहँदा प्रतिस्पार्धामा रहेका अन्य दलका उम्मेदवार भने प्रतिस्पर्धाबाट लगभग बाहिरिसकेका छन्।
इलाम २ मा १९ जनाले प्रतिस्पर्धा गरेकोमा एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्वाङ सबैभन्दा अगाडि छन्। बिहान सवा ८ बजेको मतपरिणाअनुसार उनी ८ हजार ८ सय ९८ मतसहित उनी लिड गरिरहेका छन्।
उनलाई काँग्रेसबाट उम्मेदवार बनेका डम्बर खड्काले पछ्याइरहेका छन्। उनले ६ हजार २ सय ८० मत ल्याएका छन्। यो मतअनुसार नेम्वाङ र खड्काबीचको मत अन्तर २ हजार ६ सय १८ छ।
आइतबार सुरुवाती मतपरिणाअनुसार नेम्वाङलाई पछि पार्दै खड्काले लिड गरिरहेका थिए। आइतबार साँझबाट नेम्वाङले खड्लाई पछि पार्दै लिड गरेकोमा फाकफोकथुम र चुलाचुली गाउँपालिकाको मतगणना सकिँदासम्म उनैले लिड गरिरहेका छन्।
इलाम २ मा प्रतिस्पर्धामा हुन सक्ने आँकलन गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएका मिलन लिम्बु भने प्रतिस्पर्धाको चौथो स्थानमा छन्। उनले हालसम्म १ हजार ३ सय ६ मत मात्र प्राप्त गरेका छन्।
उनी भन्दा अगाडि स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिम छन्। उनले हालसम्म ४ हजार ६ सय ३४ मत प्राप्त गरेका छन्। सम्भवत: अब रास्वपाका उम्मेद्वार लिम्बु र स्वतन्त्र उम्मेदवार थेगिमले काँग्रेस र एमालेका उम्मेदवारलाई भेटाउन छैनन्।
यस्तै बझाङ निर्वाचन क्षेत्र नम्बर १ को १ मा पनि काँग्रेस–एमालेकै उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ। बिहान ८ बजेसम्मको मत परिणामअनुसार काँग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंह ८ हजार २ सय २७ मत प्राप्त गर्दै लिड गरिरहेका छन्।
उनलाई एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले पछ्याइरहेका छन्। उनले ७ हजार ९ सय ७४ मत प्राप्त गरेका छन्। नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले २ हजार ९ सय ९३ मत प्राप्त गरेका छन्।
यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार १ सय ६२ मत प्राप्त गरेका छन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया