नेपाल इन्भेष्टमेन्ट बैंकलाई आइएफसीको सम्मान

अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपाल इन्भेष्टमेन्ट बैंकलाई सम्मान गरेको छ। आइएफसी ग्लोबल ट्रेड फाइनान्स प्रोग्रामअन्तर्गत नेपालबाट ठूलो परिमाणको व्यापार लगानीका लागि ‘सर्वश्रेष्ठ साझेदार-२०१९, कम आय भएका आइडिए देशहरू, दक्षिण एसिया’ का रूपमा सम्मान प्राप्त गरेको हो। 

आइएफसीले नेपालको व्यापार लगानी (ट्रेड फाइनान्स)को प्रवर्द्धनका लागि नेपाल इन्भेस्टमेन्ट बैंकसँग साझेदारी गरेको छ। जसबाट बैंकले स्थानीय उद्यमीहरूका लागि सहयोग बढाउन सकेको र अन्तर्राष्ट्रिय व्यापारका अवसरहरू वृद्धिमा सहयोग पुर्‍याएको बैंकले जनाएको छ। 

आइएफसीको ट्रेड फाइनान्स सहयोगले देशका ठूला र साना तथा मझौला उद्यम क्षेत्रलाई उनीहरूको विश्वव्यापी व्यापारको हिस्सा बढाउनका साथै विश्वव्यापी अभिकर्ता बैंकहरूको फराकिलो दायराबाट मान्यता पाउन सक्षम तुल्याउने बैंकले जनाएको छ। 

यो सञ्जालले चुनौतीपूर्ण बजारहरूमा कारोबारको सुविधा उपलब्ध गराउँछ। प्रतिस्पर्धात्मक लगानीलाई प्रवर्द्धन गर्ने र अभिकर्ता बैंकका लागि कम जोखिममा नयाँ प्रतिष्ठानहरूसँगको सम्बन्ध निर्माण गर्ने बैंकले जनाएको छ। 

इन्भेष्टमेन्ट बैंकले आफ्ना ८२ शाखा, १२४ एटिएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्‍याइरहेको छ। पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको बैंक अन्तर्राष्ट्रिय प्रकाशन युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ। यसबाहेक, इक्रा नेपालले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।

प्रकाशित मिति: : 2020-07-31 14:11:16

प्रतिकृया दिनुहोस्