अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
बिएल संवाददाता
एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपअन्तर्गत आज (बिहीबार) नेपालले समूह चरणको अन्तिम खेल कतारसँग खेल्दैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट हुने खेलमा नेपाल विजय भए समूह विजेता बन्ने छ। नेपाल याे खेल अगावै सेमिफाइनलमा पुगिसकेकाे छ।
नेपालले एक खेल अगावै सेमिफाइनलमा पुग्न पहिलाे खेलमा मलेसिया र दाेस्राे खेलमा ओमनलाई पराजित गरेकाे थियाे भने साउदी अरबियासँग अंक बाँडेकाे थियाे।
दुई खेलमा जित र एक खेलमा अंक बाँडेकाे नेपाल ५ अंकसहित समूहकाे दाेस्राे स्थानमा छ। ओमन ६ अंकसहित पहिलाे स्थानमा छ। नेपालले आजकाे खेल जितेमा ७ अंक हुनेछ भने वर्षाकाे कारण खेल रद्द भए पनि ६ अंक हुनेछ। ६ अंक भए पनि नेपाल समूह विजेता बन्नेछ, नेपालकाे रनरेट ओमनकाे भन्दा बढी छ।
प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेताले समूह बि को उपविजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल खेलमा समूह बि को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ। सेमिफाइनल शनिबार हुनेछ। फाइनल सोमबार हुनेछ।
प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ।
त्यस्तै शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपको लागि छनोट हुने छन्।
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
म भिखारी
प्रकाश र रिमा : दलितका नाममा नयाँ ‘तरमारा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया