महाराष्ट्रका पूर्वमुख्यमन्त्री फडणवीसको अपील-सुशान्त मुद्दा सीबीआईलाई सुम्पौं

महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसले बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणको छानवीन सीबीआईबाट गराउन आग्रह गरेका छन्।

डेढ महिना बितिसक्दा पनि मुम्बई प्रहरीको छानवीनले कुनै नतिजा निकाल्न नसकेपछि फडणवीसले सीबीआईबाट घटनाको छानवीन गराउन अपील गरेका हुन्। 

यसअघि महाराष्ट्रका गृह मन्त्रीले सुशान्तको मुद्दा सीबीआई दिने कुराको खण्डन गरेका थिए। र, उनले यो मुद्दामा सीबीआईलाई सलंग्न गराउन आवश्यक नरहेको बताएका थिए। उनको यो भनाईको सर्वत्र विरोध भइरहेको छ। 

गत जुन १४ मा सुशान्त मुम्बईस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए। मर्नुअघि उनको परिवारले मुम्बई प्रहरीलाई आफ्नो छोराको ज्यान खतरामा रहेको बताएका थिए। 

सुशान्तको मुद्दामा उनको प्रेमिका रिया चक्रवर्तिसँग कुनै सोधपुछ नभएको भन्दै मुम्बई प्रहरीको आलोचना भइरहेको छ।

उनीविरूद्ध हालै बिहारको एक अदालतमा मुद्दा दायर भएको छ।

प्रकाशित मिति: : 2020-07-31 16:52:36

प्रतिकृया दिनुहोस्