सन् १९५८ पछि अमेरिकी अर्थतन्त्रमा ठूलो घाटा 

कोरोना भाइरस संक्रमणको असर अमेरिकामा उच्च देखिएको छ। पछिल्लो तीन महिनायता अमेरिकी अर्थतन्त्र ३२ दशमलव ९ प्रतिशतले घाटामा गएको एक सर्वेक्षणले बताएको छ। 

अप्रिलदेखि जुनसम्म तीन महिनाको भित्र अमेरिकाको अर्थतन्त्रमा नराम्रो असर परेको अमेरिकी सरकारले स्विकार गरेको छ। अमेरिकी वाणिज्य मन्त्रालयको अनुमान छ, सन् १९४७ पछि जीडीपी र गुड्स एण्ड सर्भिसेसमा यति ठूलो नोक्सानी भएको हो। यसअघि १९५८ मा १० प्रतिशतले अर्थतन्त्र तल झरेको थियो। यतिबेला ड्वेट डेभिड आइजनहावर राष्ट्रपति थिए। 

कोरोनाको प्रभाव अमेरिकामा प्रवेश गरेपछि जनवरीदेखि मार्चसम्म अघिल्लो तीन महिनामा अमेरिकाको अर्थव्यवस्थामा ५ प्रतिशत घाटा देखिएको थियो। अमेरिकी अखबारहरूले अमेरिकी अर्थतन्त्रमा ११ वर्षपछि यति ठूलो संकट आइपरेको बताएका थिए। 

अमेरिकामा आर्थिक गतिविधि बलियो हुनुमा उपभोक्ताको खर्च गर्ने बानी रहेको छ। यसले ७० प्रतिशत स्थान ओगटेको थियो।

तर, कोरोनाका कारण आर्थिक गतिविधि कमजोर हुन थालेपछि उपभोक्ता खर्च गर्न डराइरहेका छन्। जसको नोक्सान बजारले उठाउनु परिरहेको छ। 

सरकारले जुलाई–सेप्टेम्बरको बीचमा अर्थतन्त्रमा केही आशा देखिने बताएपनि अधिकांश राज्यमा बढ्दो कोरोनाका कारण आशाअनुरुप प्रगति नहुने विज्ञहरूको भनाई छ। अमेरिकामा हाल लगानी पनि २७ प्रतिशतले घटेको छ। 

अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको रिपोर्टअनुसार कोरोनाका कारण बेरोजगारी १४ दशमलव ७ प्रतिशतले बढेको छ।

प्रकाशित मिति: : 2020-07-31 17:08:43

प्रतिकृया दिनुहोस्