चीनमा कृषिजन्य उत्पादनको थोक मूल्यमा अत्यधिक गिरावट

एजेन्सी

बेइजिङ

चीनमा कृषिजन्य उत्पादनको थोक मूल्यमा अत्यधिक गिरावट भएको छ । 

कृषि तथा ग्रामिण मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार अघिल्लो दिनभन्दा ०.०५ अङ्कले तल झरेको छ ।

शुक्रबार दिउसो २ बजेसम्मको औसत थोक मूल्यअनुसार सुगुरको प्रतिकेजी मासुमा ०.३ प्रतिशतले गिरावट आएको हो । त्यसैगरी प्रतिकेजी अण्डामा २.७ प्रतिशतसम्म मूल्य घटेको छ ।

अधिकारीहरुले मुख्य मुख्य २८ प्रकारका तरकारीको प्रति केजीको मूल्यमा औसतमा ०.७ प्रतिशत सस्तो भएको सरकारी सर्वेक्षणले देखाएको जनाएका छन् । 

त्यसैगरी छ प्रकारका विभिन्न फलफुलहरुमा प्रतिकेजी १.७ प्रतिशतसम्म मूल्यमा गिरावट आएको अधिकारीहरुले जनाएका छन् ।

मूल्यको अवस्था मूल्याङ्कन गर्दा झण्डै दुई सय थोकमुल्य बजारबाट विवरण सङ्कलन गरिएको थियो । विवरण सङ्कलकहरुले यस्तो विवरण दैनिक रुपमा सङ्कलन गर्ने गरेको र त्यसमा फलफुल, तरकारी, मासु, अण्डालगायतका खाद्य पदार्थको विवरण समावेश हुने गरेको अधिकारीहरुले जनाएका छन् । 

प्रकाशित मिति: : 2020-07-31 21:54:55

प्रतिकृया दिनुहोस्