 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                छायाँनाथ रारा नगरपालिका -५ का स्याउ किसान बिस्नमाया रोकायाका परिवारलाई अचेल स्याउ टिप्न भ्याइनभ्याइ छ। भदौ लागेसँगै उनकाे परिवार बिहानैदेिख बगैँचामै हुने गरेकाे छ।
मुगुसहितका भेगमा अहिले स्याउ पाक्ने बेला हाे। यसकारण यहाँका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ। वडा नम्बर ४ का किसान हरिबहादुर भाम पनि स्याउ टिप्न व्यस्त छन्। उनीहरू मात्र होइन यतिबेला मुगुका स्याउ उत्पादन हुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ।
मुगुका बाम, ताल्च, रोवा, शोभा, खमाले सेरीलगायतका क्षेत्रमा स्याउको पकेट क्षेत्र मानिन्छ। हुनत यो समय स्याउ टिप्नको लागि उपयुक्त समय होइन। मुगुमा स्याउ टिप्ने समय भदौको अन्तिम तथा असोजतिर मात्रै हाे।
भदाै अन्तिमतिर सबैले एकै पटक स्याउ टिपे स्याउले बजार नपाउने हुन्छ। कतिपय त रूखमै कुहिने भएकाले अहिलेनै धमाधम टिपेर बगैँचा खाली गर्न थालेकाे किसानहरू बताउँछन्।
केही किसान भने स्याउ भण्डारण गर्ने ठाउँ नभएको बताउँदै व्पायारी बगैँचामा आएको मौकामा स्याउ बेच्न लागेकाे बताउँछन्। 'व्यापारी अहिले नै आएका छन् अलिअलि काँचो भए पनि लैजान्छन्।' किसान हरि बहादुर भामले भने।
यतिबेला स्याउ व्यापारी बगैँचामा आएर प्रतिकेजी ३० रुपैयाँमा लिने गरेका किसानहरू बताउँछन्। आफूले पनि उत्पादन धेरै भएको स्याउ बजारीकरणको समस्याले कुहिने डरले बिक्री गर्ने गरेका स्याउ किसान सूर्य प्रकाश भामले बताए। उनका अनुसार स्याउ राख्ने कार्टुन नहुँदा पनि समस्या भएको छ।
बिस्नमाया रोकायाका बारीमा १५ सय स्याउका बोट छन्। याे वर्ष स्याउ उत्पादन धेरै हुने भएकाले उनलाई कसरी बेच्ने भन्ने चिन्ता लाग्न थालेकाे छ। उनले भनिन्, 'नेपालगञ्ज, सुर्खेतलगायतका बजारमा लैजाने योजना छ' उनले भनिन्।
स्याउ उत्पादन धेरै भए पनि मुगु जाने राम्राे सडक छैन। गत वर्षभन्दा यसपटक स्याउ उत्पादन वृद्धि हुने अनुमान जिल्ला कृषि विकास कार्यालय मुगुले पिन गरेकाे छ। निमित्त कार्यालय प्रमुख दुर्गाबहादुर शाहीले भने 'अघिल्लो वर्षमा ३४ मेट्रिक टन स्याउ उत्पादन भएको थियो।'
यस वर्ष जिल्लामा गत वर्ष भन्दा ५ देखि १० प्रतिशत स्याउ उत्पादनमा वृद्धि हुने शाहीले बताए। मुगुमा विशेष गरी तीन प्रकारका रोयल डेलिसेस्, रेट डेलिसेस्, र गोल्डेन डेलिसेस् स्याउ उत्पादन हुने गरेको छ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया