ब्लास्ट रोगले बर्बाद हुँदै जुम्लाको मार्सी धानबाली

File Photo
File Photo

नेपालको सर्वाधिक अग्लो स्थानमा उत्पादन हुने जुम्लाको मार्सी धानबालि ब्लास्ट रोगले बर्बाद बन्ने अवस्थामा पुगेको छ।

जुम्लाको तातोपानी गाउँपालिका-४ को गौतमवाडामा रहेको धानको ज्युलोको धानबाली ब्लास्ट रोगले सखाप भएको  हो।

रोग लागेपछि यहाँका किसानहरू बाँकी बालि कसरी जोगाउने भन्ने चिन्तामा छन् । यहाँ असारमा धान रोपिएको हो।

धानमा  ब्लास्ट रोग लागेपछि किसानहरू कृषि विकास कार्यालय जुम्लामा औषधि खोज्दै पुगेको स्थानीय भावना उपाध्यायले बताइन्। उनले भनिन, ‘पाँच जनाको धान खेतमा बढी नै समस्या देखिएको छ। सबैले कालीमार्सी धान लगाएका थिए।’

तातोपानीकै अर्की किसान जानकी गौतमले धानको गुबो खुइलिएर खैरो, सेतो हुँदै बोट नै मर्ने गरेको दुःखेसो गरिन। उनले भनिन्, ‘हाम्रो  पहिचान बनेको मुख्य धानबाली नै हो। यसको उपचार नभए परिश्रम नै खेर जाने पक्का छ।’

यता, कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीले प्राविधिकहरू धान खेतमै पुगेर निरीक्षण गरेको र किसानलाई परामर्श दिएको बताए।

प्रकाशित मिति: : 2022-08-29 18:09:00

प्रतिकृया दिनुहोस्