आफताबलाई पुत्री लाभ

बलिउड अभिनेता आफताब शिवदसानी बुवा बनेका छन्। उनको श्रीमती निन दुसांक्षले छोरीलाई जन्म दिएकी छिन्। 

आफताबले यसको जानकारी दिँदै सोशल मिडियामा भनेका छन्, ‘हाम्रो जमीनमा भगवानको कृपाले स्वर्गलाई पठाएका छन्। निनु र म खुसीको कुरा बताइरहेका छौं, हामी अविभावक बनेका छौं। अब हामी दुईबाट तीन भएका छौं।’

आफताबलाई यतिबेला बधाई दिनेको भिड लागेको छ। आफताबले यो कुरा गोप्य राखेका थिए। उनले गत जुनमा आफ्नो छैटौं वैवाहिक समारोहमा बिहेको फोटो मात्र सार्वजनिक गरेका थिए। 

आफताब र निनुको विवाह ५ जुन २०१४ मा भएको थियो। निनु अभिनेता कबिर बेदीको साली हुन्। आफताब हाल जी–५ को वेभ श्रृंखला पोइजन–२ मा काम गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-08-02 16:52:19

प्रतिकृया दिनुहोस्