कोरोना नियन्त्रण संवाद एकातिर, प्रचण्डको ध्यान कुर्सी तिरै!

जीवन डाँगी

काठमाडाैँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कुर्सी तानातान खुम्चिएको छैन, झन् तन्किएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेता झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमले केपी शर्मा ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद रोज्न दबाब दिइरहेका छन्। ओली भने महाधिवेसन र अर्को निर्वाचन अघिसम्म यस्ता तर्क बिल्कुलै सुन्न चाहन्न्।

चार महिनादेखि देशमा बन्दाबन्दी (लकडाउन) जारी छ। कोरोना संक्रमण दर दिनानुदिन बढिरहेको छ। सरकारले बेलैमा प्रभावकारी काम गर्न नसकेको भन्दै चारैतिर आलोचाना भइरहेको छ। पछिल्लो समय कोरोना सक्रमणको संख्या र मृत्युदर ह्वात्तै बढेपछि प्रधानमन्त्री ओलीले जनस्वास्थ्य विज्ञ र विपक्षी पार्टीका शीर्ष नेतासँग परामर्श गरेका छन्।

बालुवारमा प्रधानमन्त्री ओलीले विज्ञसँग कोरोना भाइरस नियन्त्रण बारे प्रभावकारी काम थाल्ने छलफल चल्दा– उता पार्टी अध्यक्ष प्रचण्ड भने वामदेव गौतमलाई भेट्न सुटुक्क गौतम निवास भैँसेपाटी पुगे। ओली जनताको जीवनरक्षाका लागि सरोकारवाला विज्ञसँग छलफल थालिरहेका बेला, प्रचण्ड भैँसेपाटी पुग्नुलाई कुर्सीसँगै जोडेर हेर्न थालिएको छ। पार्टीभित्रको शक्ति संघर्षमा कहिले अध्यक्ष ओली त कहिले प्रचण्ड पक्षममा उभिँदै आएका गौतम जता उभियो उतै सचिवालयमा बहुमत पुग्ने अवस्था छ। त्यसैले नेकपाको शक्ति संघर्षमा गौतमलाई निर्णायक मानिन्छ।

पछिल्लो समय गौतम निवास भैँसेपाटी नेकपा नेताहरु खुब् धाउन थालेका छन्। केहिँदिन अघि मात्रै एक्कासी प्रधानमन्त्री ओली समेत त्यहाँ पुगे र गौतम परिवारसँग फोटो खिची फर्किएका थिए। प्रचण्ड, खनाल, नेपाल र गौतम ओलीले सरकार र पार्टी राम्रोसँग हाँक्न नसकेको आरोप लगाइरहेका छन्। यी नेताहरुको केहिदिन अघिसम्म ओलीले एक पदबाट राजीनामा दिनुपर्ने दह्रो अडान थियो। एक्कासी गौतम फेरिए र गत साता प्रधानमन्त्री ओलीलाई राहात हुने ६ बुँदे प्रस्ताव सार्वजानिक गरे पनि प्रचण्डलाई राम्रोसँग निन्द्रा लागेन। पछिललो दृश्यपछि गौतमलाई भेट्न प्रचण्ड आतुर नै थिए।

बालुवाटारमा नियमितजसो ओली–प्रचण्ड भेटघाट भए पनि दुई नेताबीच सहमति बन्न सकेको छैन। देशमा कोरोना महामारीबाट आक्रांन्त बनिरहेका बेला ओली, प्रचण्ड, खनाल, नेपाल र गौतमको तमासालाई प्रायः कुर्सी कै लुछातानीका रुपमा बुझिरहेका छन्। स्वभाविक छ– बालुवारमा विज्ञ समूहसँग परामर्श गर्न जानुपर्ने प्रचण्ड किन पुगे भैँसेपाटी गौतम भेट्न? कोरोना नियन्त्रणको छलफल भन्दा गौतम कहाँ पुगेर ओलीइतर समूह बलियो बनाउन जानु के प्रचण्डको उपयुक्त निर्णय थियो त?

प्रकाशित मिति: : 2020-08-04 17:05:00

प्रतिकृया दिनुहोस्