अक्षय कुमारको ‘रक्षाबन्धन’ अर्को वर्ष रिलिज

अक्षय कुमार र आनन्द एल रोय ‘अतरंगी रे’ लगत्तै अर्को फिल्म ‘रक्षाबन्धन’ को रिलिज गर्ने अभियानमा छन्। यही रक्षाबन्धनको अवसरमा उनले यसको घोषणा गरेका हुन्। 

‘अतरंगी रे’ जस्तै आनन्द एल रोयको सहपाठी लेखक हिमान्सु शर्माले कथा लेखेका हुन्। फिल्म अघिल्लो वर्ष ५ नोभेम्बरमा रिलिज हुनेछ। आनन्दले भने, ‘रक्षाबन्धन हाम्रो अर्को निर्माणधीन फिल्म हो। कथा बिशेष छ। यो घरायसी फिल्म हो।’

अक्षयले पनि फिल्मको कथाको तारिफ गरेका छन्। उनले फिल्म सबैको मुटुको भित्रसम्म प्रवेश गर्ने बताए। ‘फिल्ममा मनोरञ्जनका साथै भावुक बनाउने कथा छ। मेरो बहिनी अलका र निर्देशक आनन्द एल रोयले मिलेर यो फिल्म बनाउदैं छन्,’ उनले भने। 

फिल्ममा अक्षयको ४ वटा बहिनीको कहानीलाई देखाउन खोजिएको छ।

प्रकाशित मिति: : 2020-08-04 17:46:27

प्रतिकृया दिनुहोस्