जुम्ला बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

आंशिक प्राध्यापकहरुलाई करार गर्न भन्दै जुम्ला बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ। 

आंशिक प्रध्यापक संघ केन्द्रीय समितिको निर्णयअनुसार जुम्लामा पनि तालाबन्दी गरिएको आंशिक प्राध्यापक संघ जुम्लाका अध्यक्ष नरबहादुर घर्तीले बताए।

‘त्रिविले आंशिक प्राध्यापकहरुलाई बारम्बार श्रम शोषण गरिरहेको छ। यो कहिलेसम्म?’, उनले भने, ‘२०६३ सालदेखि मात्र सिमित गर्नु उनीहरुको भविष्यमाथि खेल्नु हो। हामी यो हुन दिन्नौं।’

लामो समयसम्म त्रिविको पठनपाठनमा योगदान दिएका आंशिक प्राध्यापकहरुलाई निराश बनाउने काम गरिएकाले आन्दोलनमा उत्रिन परेको बताए।

‘हामी गर या मरको स्थितिमा छौं। जबसम्म हाम्रा माग पूरा हुँदैनन् तबसम्म कुनैपनि हालतमा ताला खोलिने छैन,’ उनले भने।

केही दिनअघि लगाइएको ताला वार्तामा बस्नका लागि खोलिएको भएपनि त्रिविबाट सकारात्मक नतिजा नआएपछि पुनः कडा आन्दोलनमा लाग्नु परेको आंशिक प्राध्यापक संघ जुम्ला एकाइले जनाएको छ।

प्रकाशित मिति: : 2020-08-09 16:22:33

प्रतिकृया दिनुहोस्