राष्ट्र बैंकमा पनि कोरोना, मुद्रा व्यवस्थापन विभाग सिल

 नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको हो । 

बुधबार दिनभर राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग सिल गरेर सङ्क्रमित व्यक्तिको नजिकमा रहेर काम गर्नेहरुको पीसीआर जाँच गरिएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिए। 

भट्टका अनुसार राष्ट्र बैँकका सबै कर्मचारीमा कोरोनाको परीक्षण गर्ने तयारी भइरहेको छ । 

प्रकाशित मिति: : 2020-08-13 00:19:00

प्रतिकृया दिनुहोस्