धितोपत्र बोर्डले गर्ने काम अनलाइनबाटै, कार्यालय नआउन आग्रह

सरकारी कार्यालयले सेवाग्राहीहरूलाई कार्यालयमा नआउनका लागि आग्रह गरेका छन् । धितोपत्र बोर्डले पनि बिहीबार सूचना जारी गर्दै कार्यालय नआउनको लागि आग्रह गरेको छ । 

बोर्डमार्फत हुने कामकारबाही अनलाइन माध्यमबाट गर्न सकिने भन्दै भौतिक उपस्थिति आवश्‍यक नरहेको बोर्डले जनाएको छ  । आउनैपर्ने भएमा आवश्यक कागजपत्र विद्युतीय माध्यमबाट पठाएर सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्न बोर्डले अनुरोध गरेको छ । जसको लागि बोर्डले सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्न भनेको छ । 

बोर्डलाई भुक्तानी गर्नुपर्ने शुल्क विद्युतीय माध्यम आइपिएस, कनेक्ट आइपिएस, इलेक्ट्रोनिक फण्ड ट्रान्स्फरलगायतबाट बोर्डको एनआइसी एशिया बैंकको खातामा जम्मा गर्न निर्देशन गरेको छ । 

प्रकाशित मिति: : 2020-08-13 19:10:10

प्रतिकृया दिनुहोस्