शुक्रबार, ०८ अगस्ट २०२५

यशराज फिल्मको मेगा प्रोजेक्टमा अजय देवगन

एजेन्सी

एजेन्सी

मुम्बई
News Image
• • •

भारतीय कलाकार अजय देवगनको पछिल्लो फिल्म ‘तान्हाजी’ हिट भएको थियो । फिल्ममा अजयले एक वीर योद्धाको भूमिका निभाएका थिए ।

उक्त फिल्म अजयको १ सयऔं फिल्म थियो । साथै उनको अभिनय रहेको फिल्म ‘भुज’ रिलिजको तयारीमा छ ।

यसबीच अर्को खबर आएको छ कि, अजय र यशराज फिल्मसले एक ठूलो प्रोजेक्टमा काम गर्नेछन् । मेगा बजेटमा निर्माण हुने उक्त फिल्मको नाम अझै तय भइसकेको छैन ।

खबरका अनुसार आदित्य चोपडाले आफ्नो ड्रिम प्रोजेक्टमा अजय देवगनलाई साइन गराएका छन् । यशराज ब्यानरले आफ्नो ५० वर्ष पूरा गर्न लागेको छ । यसै अवसरमा फिल्मको घोषणा गर्ने तयारी छ ।

शुक्रबार, श्रावण ३०, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)