सनराइज बैंकको आम्दानी १ अर्व ३९ करोड, निक्षेप १५ अर्वले बढ्यो

सनराइज बैंकको नाफा १ अर्व ३९ करोड नाफा कमाएको छ । अघिल्लो आवमा १ अर्व ७० करोड नाफा गरेको सनराइज बैंकको नाफामा ३१ करोड नाफामा गिरावट आएको छ ।

कोरोनाको कारण नाफामा केही घटेपनि सनराइज बैंकले निक्षेपमा भने करिव १५ अर्ब बढाएको छ । बैंकले ७५ अर्व ४४ करोडबाट ९० अर्व २२ करोड निक्षेप बढाएको हो । निक्षेप १५ अर्वले बढाउँदा कर्जामा भने १३ अर्वले बढाएको छ । अघिल्लो आवमा ६८ अर्व कर्जा रहेकोमा १ वर्षमा ८१ अर्व पुर्याएको छ ।

१ अर्व ३९ करोड नाफा गरेको सनराइज बैंकले ५२ करोड ९१ लाख नाफा सेयरधनीलाई बाड्न सक्नेछ । खराव कर्जा अनुपात १.८६ रहेको सनराइज बैंकको पुँजीकोष भने १४.६० प्रतिशत रहेको छ ।

प्रकाशित मिति: : 2020-08-14 11:32:50

प्रतिकृया दिनुहोस्