ग्लोवल आइएमई बैंकको नाफा ३ अर्व १४ करोड

जनता बैंक नेपाललाई मर्ज गरेको ग्लोवल आईएमई बैंकले गत आवमा ३ अर्व १४ करोड नाफा कमाएको छ । ग्लोबल आइएमई बैंकले अघिल्लो आव २०७५/७६ मा नाफा २ अर्ब ७५ करोड मात्रै नाफा कमाउन सफल भएको थियो । जनता बैंक मर्ज गरेपछि उसको ३९ करोड नाफा बढेको छ ।

दुई बाणिज्य बैंक मर्जर गरेर १८ अर्ब ७५ करोड चुक्ता पूँजी पुर्याएको ग्लोबल आइएमई बैंकले २ खर्व १२ अर्व निक्षेप संकलन गरी १ खर्व ८९ अर्व कर्जा लगानी गरेको छ । बैंकको रिजर्बमा ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।

कोरोनाको कारण ग्लोबल आइएमई बैंकको खराव कर्जाको प्रतिसत भने केही बढेको देखिन्छ । अघिल्लो आवमा ०.५५ प्रतिशत रहेको एनपीएल गत आवमा भने १.८० प्रतिशत पुगेको छ ।

प्रकाशित मिति: : 2020-08-14 11:39:05

प्रतिकृया दिनुहोस्