मुख्यमन्त्री  पौडेलद्वारा पहिरोस्थलको अवलोकन

रासस

सिन्धुपाल्चोक 

लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पुगी घटनास्थलको अवलोकन गरेका  छन्।

मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति सरेश नेपाललगायतको टोली पहिरोस्थल पुगी घटनास्थलको अवलोकन गरेको हो। त्यहाँ क्षति भएका र अन्य गरी १७२ घरधुरीलाई अहिले अस्थायी रुपमा नजीकै सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको र तत्काल सो कार्य गरिने वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री  दुलालले जानकारी दिए। 

त्यस्तै दीर्घकालीन रुपमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा जग्गा खोजेर सुरक्षित स्थानमा सारिने उनले बताए। पहिरामा परी हालसम्म १२ जनाले ज्यान गुमाइसेका छन् भने अझै २६ जना बेपत्ता छन्। वाग्मती प्रदेश सरकारले बाढीपीडितलाई सुरक्षित स्थानमा  प्रदेश सरकारले नै पूरै घर निर्माण गरेर हस्तान्तरण गर्ने निर्णय यसअघि नै गरिसकेको छ। 

प्रकाशित मिति: : 2020-08-15 14:35:01

प्रतिकृया दिनुहोस्