गजल न:१
हरे ईतिहास अनि राजनीतिको ज्ञाता,कै थाहा छैन
अरे! अतितमा आफैंले खाएका बाचा,कै थाहा छैन
अवश्य पनि ऊ सुतेर बसिरहेको थियो र त लुटियो
आफ्नै जन्मभूमी र ममतामही माता,कै थहा छैन
१
हिजो जुन छाता ओढेर धेरै नै टाढा पुग्यौं तिमी त
टाढा पुग्यौ तर कहाँ पुग्यो मेरो छाता,कै था छैन?
२
हराएका मान्छेहरुका माया मरेका ती तस्बिरहरु झै
विद्यालय बन्द भएर उक्किरहेछ गाता कै था छैन
३
आफ्नै बुढी भनेर भट्टिको बेस्यासङ्गै सुतेछु, हिजोराति
आखिर के भयो मेरा दुबै आँखा थिए राता कै था छैन
४
एउटा भतुवा कुकुर,गधा र गोरूलाई भुकिरहन्छ
कोहो श्रमजिबी र कोहो अन्नदाता कै थहा छैन ।
५
विपनामा छदै छैनौं किन सपनामा मात्र आइरन्छौ
आखिर को हौ तिमी र केहो हाम्रो नाता कै था छैन?
६
आमाले भन्नू भो कि तनै हो कि मनै हो जब मैले सोधे
मेरो यो निधारको भाग्य कोर्ने बिधाता,कै था छैन?
हरे ईतिहास अनि राजनीतिको ज्ञाता,कै थाहा छैन
कुनै अतितमा आफैले खाएका बाचा,कै थहा छैन
७ !!
गजल न:२
_____________________
कुनैदिन म पनि कसैको प्रेममा पागल भएको थिएँ
बिस्तारै समय बद्लियो दिन बद्लियो र म बद्लिएँ
म लडेको देखेर तिमी नुन बोकेर आयौं र यहाँ लगायौं
मुटुमा तिम्रै नाउँको घाउ बोकेर जब मैले मलम पर्खिएँ
घाम लाग्यो छाडेर गयौ तिमी अल्बिदा टाढाको भयौ
तर तिमीलाई के था बगरमा आएर म कति तड्पिएँ
संसारमा नफेरिने ब्यवहार मुकुक र यो जीवन रहेछ
फेरिने सरकार युग र यो मन रहेछ फेरिए फगत फेरिए
रूवाएर जिन्दगिभर मलाई नदिमा डुबाएर राखियो
भत्कियो धार र म बाढीको बहाब भएर किस्किए
हामी केबल फलाम हौ फलाम र यो दुनियाँ चुम्बक हो
खिया लाग्यो र ती चम्बकहरु मसङ्ग आफैँ टाढिए
कुनैदिन म पनि कसैको प्रेममा पागल भएको थिएँ
बिस्तारै समय बद्लियो दिन बद्लियो र म बद्लिएँ
--------
मुक्तक न:३
_____
विद्यार्थीहरुलाई विद्यालय
आउन बन्देज गरिन्छ
र यो देसमा अपराधिहरूलाई
कारागारबाट छाडिन्छ ।
नवीन शासन आउनेछ त्यो दिन
र सत्तामा सज्जनहरु मात्र रहनेछन्
साम्राज्य सकिन्छ दुर्जनहरुको
जुनदिन र यो युग बद्लिन्छ।
_______
गजल न:४
_______
न्यायको अभाव छ यहाँ सजायको अभाब छ
यस्तै हो यो देशको शासन ब्यवस्था खराब छ
करोडपति हुँ छाडिदेउ पैसाको भेलले पुरिदिन्छु
अदालतहरूलाई हत्याराहरुको यस्तै दबाव छ
पैसाकै लागि तिमीले मायाको झुटो बयान दियौ
त्यस्तै त्यो न्यायलयमा पनि तिमि जस्तै जनाब छ
अख्तियारले भ्रस्टचारको कैले पनि छानबिन गरेन
सायद,अख्तियारमा पनि सरकारको प्रभाब छ
उन्लाई अन्धो बनाएर अपराधी अस्पतालमै घुमिरह्यो
काननु आँखा हो उन्को अनुहारमा ऐले तेजाब छ
नदिको बाँध नाघेर बाढी आयो र बगायो गाउँलाई
त्यो भन्दा पनि भयङ्गकर तिम्रो यादको बहाब छ
तलबको मोहले जागिर दूधको लोभले गाइ गुमाएझै
यहाँ हरेक ठाउमा लोभ भन्दा पनि थोरै लाभ छ
तिमीले युद्व गर्यौं भने भोलि तिनीहरू डाका हुनेछन्
जस्को हातमा ऐले कलम र झोलामा किताब छ
कठै! पानीमा डुबेर पृथ्बी हारगुहार गरिरहेको थियो
आजसम्म पनि आकासमा ईश्वरहरुको टकराब छ
________
गजल न:५
_________
के भएर बढेको हो आज यति धेरै सुन्को भाउ
सायद, मैले धेर हेरेरै होला चढेको उन्को भाउ
मैले त सोचेको थिए त्यो धर्म हो मानवता हो
गुलाम सम्झेर तोकिदियो उस्ले मेरो गुन्को भाउ
पीडित र गरिबहरु यहाँ न्याय नपाएर मरिरहेछन्
धनी र अपराधिहरु किनिरहेछन् कानुनको भाउ
सत्ता जस्तो त्यो आकास यदि तल हुँदो हो त आज
हुने थिएन पृथ्बीमा यति बहुमुल्य त्यो जुनको भाउ
मेरो मुटुमा भाला रोपेर तिनिहरु अग्ला भएका हुन
सपनामा रुदैरुदै सहिदले भन्यो खै मेरो खुन्को भाउ?
सर्जक- सुजन बुढाथोकी
मोरङ्ग-रतुवामाइ