आफ्नै मर्सिडिजमा चरालाई गुँड लगाउन दिएका दुबईका राजकुमार फेरि चर्चामा (भिडियाेसहित)

दुबईका राजकुरमा शेख हमदन बिन मोहम्मद बिन राशिद अल मकतुमको सम्पत्तिको विषयमा सायदै कोही जानकार नहोलान्। ३७ वर्षीय राशिद उनको अचम्मको बानीका कारण चर्चित छन्। 

कवि ह्दयका राशिद ‘फाजा’ को उपनामले पनि चिनिन्छन्। शेख मोहम्मद बिन रसिद अल मकदुमका १२ सन्तानमध्ये दोस्रो छोरा फाजाको सम्पत्ति मात्र ४०० मिलियन डलर रहेको छ। 

उनीसँग महंगो गाडीको सिरिज नै छ। भर्खरै मात्र फाजाको महंगो गाडी मर्सिडीज ‘एसयुवी’ मा एउटा चराले गुँड बनाएको थियो। 

यो देखेपछि फाजाले आफ्नो त्यो गाडी नै प्रयोग गर्न बन्द गरेका थिए। पछि चराले यही गाडीमा अन्डा दियो। र, अहिले बच्चालाई जन्म दिएको छ। 

चरालाई गुँडसम्म पुग्न गाह्रो नपरोस् भनेर फाजाले आफ्नो मर्सेडीज गाडीलाई अलग्यै राखेर सुरक्षाका लागि रातो टेपले घेराबन्दी गरेका थिए। 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Fazza (@faz3) on Aug 12, 2020 at 5:57am PDT

यही १२ अगस्टमा फाजाले आफ्नो इन्स्टाग्राममा चराको १ मिनेट २० सेकेन्डको भिडियो सार्वजनिक गरेका थिए। जसमा चराले गुँड बनाउँदै गरेको, अण्डा दिएको तथा बच्चा जन्माएको क्षण समावेश गरिएको थियो। 

यो भिडियो अहिले निकै भाइरल भएको छ। २३ घण्टा भित्रै भिडियोलाई १६ लाख मानिसले हेरेका थिए।  

गत जुलाई ३० मा मात्र फाजाले पैसाको अभावमा अस्पतालमा उपचार गराइरहेकी एक नाइजेरियाली महिलाको सबै रकम तिरिदिएका थिए। 

उनले ४ बच्चालाई जन्म दिएकी थिइन्। फाजाले मेडिकल इन्सुरेन्स नभएको नाइजेरियाली महिलाको अस्पतालको १ लाख ८ हजार अमेरिकी डलर बराबरको बिल तिरिदिएका थिए। 

बेलायतको स्याण्डहर्समा अध्ययन गरेका फाजा परोपकारी मनका कारण थुप्रै पल्ट चर्चामा आइसकेका छन्। उनको इन्स्टाग्राममा मात्र १ करोड फलोअर्स छन्।

प्रकाशित मिति: : 2020-08-18 06:53:48

प्रतिकृया दिनुहोस्