अख्तियारसहित स‌ंवैधानिक आयोगका ४१ पदपूर्तिका लागि सरकारलाई का‌ंग्रेसको हरियो झन्डा

काठमाडौं-  संवैधानिक आयोगका रिक्त पद पूर्ति गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको लामो समयदेखिको चाहना पूरा हुने देखिएको छ। सोमबार  प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँग भएको भेटमा संवैधानिक परिषद्को वैठक बस्ने सहमति गरेपछि यो बाटो खुल्ने देखिन्छ  । लामो समयपछि  देउवा र ओलीको भेटको शृंखला चलिरहेको थियो। सोमबार देउवाले रिक्त संवैधानिक निकायमा नियुक्तिका लागि संवैधानिक परिषद्को वैठक बसाउन प्रधानमन्त्रीलाई सहमति दिएका छन्।

हाल विभिन्न आयोगमा  ४१ पद रिक्त छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको पद  समेत रिक्त हुँदैछ। 

महिला आयोग, दलित आयोग, आदिवासी जनजाती आयोगहरुमा अध्यक्षसहित सवै पदाधिकारी रिक्त छन्। अन्य केही आयोगहरुमा कतै अध्यक्ष छन् भने कुनैमा सदस्यमात्र छन्। 

भ्रष्टाचार विरुद्ध काम गर्ने अख्तियारमा आफू निकट व्यक्ति नियुक्त गर्ने चाहनाका कारण लामो समयदेखि रोकिएको छ ।  सत्तारुढ दलले आफैंले खोजेको मान्छे लैजाने र प्रतिपक्षले पनि भाग खोज्न थालेपछि अख्तियारको नियुक्ति रोकिदै आएको हो।

प्रकाशित मिति: : 2020-08-18 12:41:33

प्रतिकृया दिनुहोस्