बिएल संवाददाता
बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन्।
काठमाडाैँ जिल्ला अदालतकाे फैसला उल्ट्याउँदै उच्च अदालत पाटनले निर्दाेष ठहर गरेकाे हाे।
काठमाडाैँ जिल्ला अदालतले सन्दीपलाई किशाेरी बलात्कार मुद्दामा दाेषी ठहर गर्दै ८ वर्ष जेल सजाय ताेकेकाे थियाे। उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेकाे हाे।
आफूलाई बलात्कार गरेकाे भन्दै एक किशाेरीले २०७९ भदाै २१ मा गाैशाला प्रहरी वृत्तमा किटानी जाहेरी दर्ता गरेकी थिइन्।
बलात्कार मुद्दामा सफाइ पाएसँगै सन्दीपकाे विश्वकप खेल्ने सम्भावना बढेकाे छ। आगामी जुन २ बाट सुरु हुने विश्वकप क्रिकेट खेल्नकाे लागि नेपाली टाेली त्यसतर्फ प्रस्थान गरेकाे छ।
सन्दीपकाे विश्वकपबारे निर्णय गर्ने आजै क्यानकाे बाेर्ड बैठक बस्दैछ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया