किंग्सबरीको एउटा घरबाट सुरु भएको श्रीयाको ‘ह्याप्पी माइन्डस्’ (भिडियाे)

कमल प्रभात

काठमाडौं

समय: सन् २०२०

स्थान: लण्डनस्थित किंग्सबरीकाे एउटा घर

जहाँ बसेर बडो आश्चर्य मान्दै श्रीया गिरीले (२६)ले आफ्नो वर्तमानलाई केलाइरहेकी छिन्। कसैले सोच्दै नसोचेको यस्तो अवस्था कसरी आइलाग्यो ? एउटा बन्द कोठामा एक्लै थुनिनुपर्ने। काेही सँग भेट्न नपाइने।

त्यतिबेला संसारमा कोभिड– १९ नामको भाइरसले मानिसको जीवनमा उथलपुथल ल्याएको थियो। हरेक दिन कोभिड– १९ को संक्रमणबाट मृत्यु हुनेकाे संख्या बढीरहेको थियो। संसारभरका अधिकांस मानिस घरभित्र थुनिन बाध्य थिए।

श्रीया काठमाडौँबाट अध्ययनको लागि लण्डन पुगेकी विद्यार्थी। विदेशी भूमि आफ्ना भन्ने कोही थिएनन्। भए पनि आफ्नोपन थिएन। थियाे त केवल उज्जवल भविष्यको सपना मात्रै। उनी स्नाकोत्तर तहको अध्ययनलाई निरन्तरता दिइरहेकी थिइन्। लण्डनस्थित फेसबुकको कार्यायलमा जागिर गर्ने कुरा पूर्णरुपमा तय भएको थियो। तर, त्यही समय कोरोना महामारी फैलियो। उनी सबै कुरा छोडेर बन्द कोठामा सिमित भइन्। त्यसपछि संसारका सबै मानिसकाे जस्तै उनको जीवनशैली पनि फेरियो। उनी त्यही कुरा सोचिरहेकी छिन्, जीवनमा यस्ताे पनि क्षण कसरी आयाे ?

श्रीयाको परिवारका सबै सदस्य काठमाडौँमा थिए। यस्तो महामारीमा परिवारको साथमा नपाउनु उनको लागि सबैभन्दा ठूलो पीडा बन्याे। त्यसमाथि कोरोना संक्रमणबाट कतिबेला कसले ज्यान गुमाउनुपर्ने हो, थाहा थिएन। कोरोनाबाट ज्यान गुमाउने मानिसहरूका विवरण उनका मामा (भगिरथ योगी)ले बिबिसी नेपाली सेवामर्फत् फुकिरहन्थे। यही त्रासले उनमा मानसिक समस्या देखिन थाल्याे। उनकाे स्वास्थ्य खराब भयाे।

उनी आफूलाई के भएकाे हाे, उपचारकाे खाेजीमा लागिन्। तर, बाहिरी संसार पूरै काेराेनाले शिथिल थियाे। उनलाई आफ्नाे उपाचार गर्नु थियाे। तर, कसरी ? यही साेचेर हप्ता–दश दिन बित्याे। अन्तत: उनले डिजिटल माध्यमबाट उपचार गर्ने ठाउँ पत्ता लगाइन्। र, उनी अनलाइनबाटै नियमित थेरापिस्टसँग परामर्श गरेर स्वास्थ्य लाभ लिइन्।

त्यसकाे झण्डै एक वर्षपछि कोरोना महामारी कम हुँदै गयो। उनी नेपाल आइन्। नेपाल आएपछि उनलाई लण्डन फर्किन मन लागेन। त्यसो भए अब नेपालमा के गर्ने ? त्यसमाथि कोरोना महामारी जारी थियो। ६ वर्षसम्म लण्डनमा बसेकी केटी नेपालको पछिल्लो महोल बुझ्न समय लाग्नु स्वाभाविक थियाे।

साेचिन्, मलाई लण्डनमा परेकाे जस्ताे समस्या यहाँका मानिसमा कति धेरै हाेला ? उनीहरू कसरी उपचार गर्दा हुन् ? त्यही पनि नेपालमा यस्ताे कुरालाई सहज रूपमा ग्रहण गरिँदैन्। त्यसपछि त्यस्तै समस्या समाधनकाे लागि काम गर्छु भनेर उनी अगाडि सरिन्। त्यसपछि जन्मियाे, ह्याप्पी माइन्डस् डट हेल्थ। जहाँबाट उनले सुरू गरिन्, खुशी यात्रा।

ह्याप्पी माइन्डस् डट हेल्थ मार्फत् मानसिक स्वास्थ्य समस्या भएका मानिसलाई अनलाइन माध्यमबाट परामर्श दिने र उपचार गर्ने उनकाे उद्देश्य थियो। उनी अहिले डिजिटल माध्यमबाट मानिसहरूलाई ‘अवयरनेस’ गर्ने काम गर्छिन्। अवस्था हेरिकन मेण्टल हेल्थ डाक्टर (थेरापिष्ट)सँग सम्पर्क गराएर उपचार गराउने काम गर्छिन्। मानसिक राेगीकाे उपचार त्यही पनि डिजिटल माध्यमबाट। सुरूमा उनलाई कसैले पनि विश्वास गरेनन्। तर, त्याे भन्दा पहिला यसबारे उनले परिवारका सदस्य र साथीभाइबाट राम्राे सल्लाह र सुझाव पाएकी थिइन्, त्यसैले उनी अरूकाे कुरा नसुनी निरन्तर कर्ममा लागिरहिन्।

‘सुरूमा त हामीलाई धेरैले विश्वास नै गर्नुभएन। के हाे ? कस्ताे हाे ? पैसा किन तिर्ने ? त्यही पनि अनलाइनबाट भन्नु हुन्थ्याे धेरैले?,’ श्रीयाले भनिन्,‘विस्तारै ठूला–ठूला ब्राण्डसँग काम गरियाे, त्यसपछि राम्राे हुँदै गयाे। सबै जनाले भेरिफिकेसन दिनुभयाे अहिलेसम्म म तिमीहरुलाई पत्याउने कि नपत्याउने भन्ने अवस्था चाहिँ छैन।’

श्रीयाले ह्याप्पी माइन्डस् डट हेल्थ सुरू गरेकाे करिब ९ महिना भयाे। याे अवधिमा सयाैँ मानिस उनकाेमा आएर सेवा लिएका छन्। उनी काठमाडाैँमा केन्द्रीत भएर काम गरिरहेका छिन्। हाल उनकाे कम्पनीले विभिन्न कम्पनीहरूमा पुगेर समूहगत रूपमा परामर्शका कार्यक्रमहरू समेत गरिरहेकाे छ। काेराेना महामरीले उत्पन्न अवस्था त्यसमा विज्ञान प्रविधिले छालङ मारेकाे याे युग उनकाे यस अवधारणाले नेपालमा मानसिक राेग उपचार पद्धतिकाे लागि धेरै सहजता पैदा गरेकाे छ। त्यसमाथि याे डिजिटल माध्यमबाट हुने प्रक्रिया भयाे, त्यसैले निक्कै सुरक्षित मानिएकाे छ। त्यसैले अहिले याे धेरेकाे रूचिमा परेकाे छ।

नेपालमा यस्ताे समस्य धेरै मानिसमा देखिने तर मानिसहरू उपचार पद्धतिमा संकुचित धारणा राख्ने गरेका कारण मानिसमा गम्भीर समस्या उत्पनन् हुने गरेकाे उनी बताउँछिन्। शारिरिक राेगकाे उपचार गर्न जति आवश्यक छ, मानिसक राेगकाे उपचार त्याे भन्दा बढी रहेकाे उनी बताउँछिन्।

‘अहिले हाम्राेमा आउनेहरू धेरैजसाे व्यवसायी हुनुहुन्छ, त्यस्तै विद्यार्थी र नेताहरू पनि हुनुहुन्छ,’ उनी भन्छिन्,‘ठूला–ठूला कम्पनीहरूमा पनि याे समस्या छ, त्यसैले हामीले कम्पनीमै गएर गरेका छाैँ।’ बैदेशिक राेजगारीकाे शिलशिलामा विदेशमा रहेका नेपाली पनि उनकाे कम्पनीसँग जाेडिएर निरन्तर परामर्श लिइरहेका छन्। अहिले उनकाे कम्पनीमा दर्जन बढी थेरापिष्ट आवद्ध छन्। त्यही माध्यमबाट धेरैकाे उपचार सम्भव भएकाे छ। जहाँबाट धेरै मानिसकाे खुशीकाे यात्रामा थप खुशी भरिएकाे छ।

प्रकाशित मिति: : 2022-02-21 18:30:00

प्रतिकृया दिनुहोस्