नेपाली झण्डा जलाएको आरोपमा महानगरीय अपराध महाशाखाले ६ जनालाई पक्राउ गरेको छ ।
देशद्रोही बोलको गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो मंगोलीयन होप नामक युट्युब च्यानलमा अपलोड भएपछि प्रहरीले उनीहरूको खोजी गरिरहेको थियो ।
मंगोल ग्याल्जीले गाएको गीत जाति विशेषलाई गालीगलौज र अपशब्द समेत प्रयोग गरिएको छ ।
उक्त गीतको चौतर्फी विरोध भएपछि संलग्नलाई प्रहरीले खोजिरहेको थियो ।
पक्राउ परेकाहरूको पहिचान खुलाइएको छैन । उनीहरूलाई कारवाहीका लागि प्रक्रिया अघि बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।