सीपीएल: साविक विजेता बार्बाडाेसको रोमाञ्चक जित

साविक विजेता बार्बाडाेस ट्राइडेन्ट्सले क्यारेबियन प्रिमयर लिग (सीपीएल)  टी-२० मा विजयी सुरुवात गरेको छ।

बार्बाडाेसले बुधबार सम्पन्न खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्समाथि ६ रनको रोमाञ्चक जित हात पारेको हो। 

टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडाेसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो। जवाफमा १५४ रनको लक्ष्य पछ्याएको सेन्ट किट्सले ५ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो।

बार्बाडाेसका लागि कप्तान ज्यासन होल्डरले सर्वाधिक ३८ रन बनाए। यता केल मयर्सले ३७ रन जोड्दा मिचेल सान्टनरले २० रन योगदान गरे। 

यस्तै रसिद खानले अविजित २६ रन जोडे।

सेन्ट किट्सका सोहेल तनविर सेल्डन कट्रेल र राएन एमरितले २-२ विकेट लिए।

यस्तै सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलका लागि जोसुअ दा शिल्भाले अविजित ४१ रन बनाएपनि जितका लागि पर्याप्त भएन।  टी२० मा डेब्यु गरेका शिल्भाले ४१ बल खेल्दै ३ चौका मद्दतमा ४१ रन जोडे।

 यस्तै बेन डन्कले ३४ र क्रिस लिनले १९ रन बनाए।

बार्बाडाेसका लागि मिचेल सान्टनर र रसिद खानले २-२ विकेट लिए।

प्रकाशित मिति: : 2020-08-19 11:53:12

प्रतिकृया दिनुहोस्