माधव प्रसाद घिमिरेको व्यापकता

असौज,शरद,घिमिरे,लमजुङ,साझा भएको दिन
अक्षर चिन्ने नचिन्ने सराबरी सबै,मक्खैपरे दिन-दिन 

श्रीसूर्य उदाउने सुभघडी ,विधाता नै जान्दो हो
अस्ताउंछुपनि भनेन कहिले,कता कहाँ अस्त भो ?

चिनी मह पराग केशरी तिमी,अमृत सञ्जीवनी
गौरी राजेश्वरी विविध परिकार, मिठो अचार नेपाली

घन्कायौ पहरा छहरा एक्लै,अक्षर कलमकापी भै
तिम्रै सिर्जनामा घरघरै अहो!नाचे सारा नेपाली

सीमा असीम हुँदो रहेछ मनको,पौरखी काँटछाँटमा
स्रष्टा नै त हुँदो रहेछ हरदम,मानिसको फाँटमा 

मिठो छन्द तिमी,गीतै पनि तिमी,काव्यकविता सबै
हँसाउने फकाउने मुन्धुम, यो तिम्रै दह भावना

सय माथि एक अझथपी गयौ,मनका मझेरीभरि
श्रद्धाञ्जली दिनु अहो! कसरी हो, तिमी छौ अजम्बरी

(नेपालका राष्ट्रकवि तथा नेपालीका प्यारा कविको १०१ वर्षको दीर्घायुमा निधन हुँदाको उद्गार)

प्रकाशित मिति: : 2020-08-19 17:18:22

प्रतिकृया दिनुहोस्