अघिल्लो वर्षको आइपीएल प्रायोजकलाई लिएर पुन: विवाद सुरु

इन्डियन प्रिमियर लिग (आइपीएल) को मुख्य प्रायोजकलाई लिएर फेरि विवाद सुरु भएको छ। काल्पनीक गेमिङ फर्म ड्रिम–११ ले मंगलबार मात्र आइपीएलसँग यो सिजनका लागि २ सय २२ करोड रुपैयाँको प्रायोजनसम्बन्धि सम्झौंतामा हस्ताक्षर गरेको थियो। 

उसले यो सम्झौंता केही वर्षसम्म भारतीय क्रिकेटसँग जोडिनका लागि गरेको थियो। तर, भारतीय क्रिकेट संघका अधिकारीले चिनियँ टेलिफोन कम्पनी भिभोसँग अझैं सम्झौंताको अवधि नसकिएको हुँदा उसले अघिल्लो वर्ष दावी गरेको खण्डमा उसैलाई दिनुपर्ने बाध्यता रहेको बताएका छन्।यसले ड्रिम–११ का अधिकारीहरू झस्किएका छन्।

भिभोसँग भारतीय क्रिकेटको अझैं ३ वर्षको सम्झौंता छ। हाल भारत–चीन सीमा विवादका कारण भिभोले यस वर्षको आइपीएलमा लगानी गर्न नसक्ने जानकारी दिएको थियो। 

भिभोले आइपीएललाई वर्षको ४ सय ४० करोड रुपैंया उपलब्ध गराउँदै आएको छ। क्रिकेट अधिकारीहरूले भिभो भन्दा बढी रकम प्राप्त गरेको खण्डमा मात्र ड्रिम–११ ले अघिल्लो वर्ष पनि सम्झौंताको अवधि बढाउन सक्ने बताएका छन्।  

अधिकारीहरूले अघिल्लो वर्षको लागि ड्रिम–११ सँग कुनै सम्झौंता नभएको पनि स्पष्ट पार्न खोजेका छन्।

प्रकाशित मिति: : 2020-08-19 17:30:37

प्रतिकृया दिनुहोस्