सन्दीपले लिए सीपीएलमा जमैकाका लागि पहिलो विकेट (भिडियो)

क्यारेबियन प्रिमियर लिग (सीपीए) अन्तर्गत सेन्ट लुसिया जोक्सविरुद्ध जारी खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले जमैका तल्लाजावका लागि आफ्नो पहिलो विकेट लिएका छन्।

जमैकाका लागि सन्दीपले चौथो विकेटको रूपमा सेन्ट लुसियाका नजिबुल्लाह जार्डानलाई कप्तान रोभ्मन पावेलको हातबाट क्याच आउट गरेका हुन्।

जार्डानले २१ बलमा १ चाैका १ छक्कासहित २५ रन बनाएका थिए।

सन्दीपले आफ्नो चार ओभर बलिङमा २३ रन खर्चिएर १ विकेट लिएका हुन्। उनले  १२ डट फालेका उनले  १ छक्का, एक चौका र १ वाइड दिएका थिए।

ब्रियन लारा एकेडेमी रंगशाला ट्रिनिडाडमा टस जितेर फिल्डिङ रोजेको जमैकाका लागि भिरा स्यामिपर्माउल र मुजिब उर रहमानले २‍-२ तथा एन्ड्री रसलले एक विकेट लिएका थिए।  

निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाउने क्रममा सेन्ट लुसियाका लागि रोष्टोन चेजले अर्धसतकीय इनिङस खेले। उनले ४२ बलमा ४ चौका र २ छक्कासहित आफ्नो पहिलो टी २० अर्धसतक प्रहार गरे। 

यस्तै एन्ड्री फ्लेटचरले २१ बलमा २ चौका र १ छक्कासहित २२ रन बनाए।  अर्का ओपनर राकिम क्रोनवालले ९ बलमा २ चौकासहित ९ रन बनाएर आउट भए। मार्क डिएल ६ बल खेलेर १ चौका २ छक्कासहित १७ रन बनाएर पभेलियन फर्किदा नाजिबुल्लाह जर्दानले २५ रन जोडे।

मोहम्मद नाबीले १३ रन बनाउँदा कप्तान ड्राइन सामीले ४ रन बनाए।

हिजोबाट सुरु भएको प्रतियोगितामा आज पहिलो खेल खेलिरहेको जमैकाले भदाै ५ गते दोस्रो खेलमा  ट्रिन्बागो नाइट राइडर्सको सामना गर्नेछ।

BOOM!!! Zadran power!!! #CPL20 #JTvSLZ #CricketPlayedLouder pic.twitter.com/bFv7cyDcNr

— CPL T20 (@CPL) August 19, 2020
प्रकाशित मिति: : 2020-08-19 21:16:20

प्रतिकृया दिनुहोस्