राेमाका गाेलरक्षकसहित सिरी ए क्लबका थप चार खेलाडीमा कोरोना

इटालियन सिरी ए फुटबल क्लबका थप चार खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार प्राप्त रिपाेर्ट अनुसार काग्लिएरीका मिडफिल्डर फिलिप ब्राडारिक, डिफेन्डर लुका चेपितेली र स्ट्राइकर अलबेर्तो चेरीमा कोरोना संक्रमण देखिएकाे छ। 

यस्तै काग्लिएरीका अरु दुई खेलाडी पनि सेल्फ आइसोलेशनमा गएका छन्। 

यसअघि सोमबार काग्लिएरीका वेङ्गर किरिल डेस्पोडोभमा संक्रमण पुष्टि भएको थियो।

यता रोमाका गोलरक्षक एन्तोनिओ मिरान्तेलाई पनि कोरोना संक्रमण भएकाे छ।
 

प्रकाशित मिति: : 2020-08-20 08:00:26

प्रतिकृया दिनुहोस्