ग्यारेथ बेललाई पुनः टोटनह्याम फर्काउँदै जोसे मोरिन्हो !

इंग्लिस क्लब टोटनह्यामका प्रशिक्षक जोसे मोरिन्हो ग्यारेथ बेललाई पुनः टोटनह्याममै ल्याउन चाहना राखेका छन्।

स्पेनिस क्लब रियल मड्रिडका बेललाई क्लब भित्र्याउने पक्षमा मोरिन्हो रहेको  स्पेनिस पत्रिकाले दाबी गरेकाे छ। 

३१ वर्षका बेल सन् २०१३ मा त्यो बेला कीर्तिमानी मूल्यमा टोटनह्यामबाट मड्रिड गएका थिए।

मड्रिडमा राम्रो प्रदर्शन गरेका उनले प्रशिक्षक जिनेदिन जिदानको अण्डरमा भने आफूलाई प्रस्तुत गर्ने मौका पाएका छैनन्।

बेलले मड्रिड बसेर आफ्नो महत्वपूर्ण समय खेर फालेको भन्नेहरु पनि छन्।
 
जिदानले बेललाई अधिकांश समय खेल्ने मौका नै दिएका छैनन्।

जिदानसँगको उनको सम्बन्ध सुधार हुन नसकेका कारण खेल जीवन नै ओझेलमा पर्न थालेकाले छ। 

हुन त बेलले विकल्प खोज्नु पर्ने विश्लेषकले बताउँदै आएका छन्। 

प्रकाशित मिति: : 2020-08-20 15:30:49

प्रतिकृया दिनुहोस्