भारतीयको डिजाइनमा नेपालमा ठगी आतंक : सालाभिनाजु जेलमा, योजनाकार भारतमै मस्त

नेपाल लाइभ

काठमाडौँ

नारायण अधिकारी

भारतीय नागरिकहरू रेहान, विक्की गुप्ता कलवार र मुरारी महतोले नेपालमा अनलाइनमार्फत् ठगी गर्ने योजना बनाए। यसका लागि उनीहरूले अनलाइनमार्फत् नै नेपालमा साथी पनि बनाए। 

पर्साको वीरगञ्ज–२९ का ३० वर्षीय कृष्णप्रसाद साह र वीरगञ्ज–३२ का २० वर्षीय सुनील साह भारतीय नागरिक रेहानसँग जोडिए। उनीहरु नाताले साला-भिनाजु हन्। कृष्ण भिनाजु हुन् भने सुनील साला। तिनै भारतीयको योजनामा नेपालमा ठगी धन्दाको आतंक मच्चाएका सालाभिनाजु अहिले केन्द्रीय कारागार सुन्धारामा छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरेको हो। 

प्रकाशित मिति: : 2020-08-21 18:18:36

प्रतिकृया दिनुहोस्