यस्तो जोडी जो जागिर छोडेर छोरी बचाउन लाग्यो

नेपाल लाइभ

काठमाडौँ

अञ्जली सुवेदी

जन्मिनासाथ उनका आँखाले केही भन्न खोजिरहेका छन् कि जस्तै देखिन्थ्यो। एउटी आमाले आफ्नो बच्चा हातमा बेरेर राखिरहँदा त्यो बच्चामा प्रेम र पवित्रताको स्वरूप देख्छिन्। सबै बच्चाहरू यत्तिकै मनोहर होलान् कि उनीमात्र आफ्नी छोरीप्रति यति बढी आकर्षित भएकी हुन्? यही सोचले २६ वर्षीया एलिना गुरूङलाई सधैं अचम्मित तुल्याउँछ। 

त्यो निर्दोष चेहराले दिएको खुसी लामो समयसम्म टिक्न सकेन। यदि संसारमा थोरैलाई मात्र लाग्ने यो रोग स्पाइनल मस्कुलर एट्रोफी (एसएमए टाइप-१) को सफल उपचार हुन सकेन भने ११ महिनाकी सियोना श्रेष्ठको जीवनले केही महिनामा नै सधैंका लागि विश्राम लिनेछ। उपचार खर्च पनि आफ्नो आर्थिक क्षमताभन्दा धेरै पर छ। उपचारका लागि करिब २५ करोड रुपैयाँ आवश्यकता पर्छ।

प्रकाशित मिति: : 2020-08-22 17:18:45

प्रतिकृया दिनुहोस्