ज्याक क्रोलीले दोहोरो शतक बनाएपछि इंग्ल्यान्डकाे उच्च स्कोर

इंग्ल्यान्डले पाहुना टोलि पाकिस्तानविरुद्धको अन्तिम तथा तेस्रो टेस्टको पहिलो इनिङ्समा उच्च स्कोर बनाएको छ ।

साउथह्याम्पटनमा दोस्रो दिन शनिबार इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ५ सय ८३ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको छ ।

ब्याट्सम्यान ज्याक क्रोलीले दोहोरो शतक बनाएपछि इंग्ल्यान्डले उच्च स्कोर बनाएको हो ।

पहिलो दिन शतक क्राेलीले शतक बनाउने क्रममा २६९ बल खेलेर १९ चौका प्रहार गरेका थिए।

दाेस्राे दिन क्रोलीले २ सय ६७ रनको दोहोरो शतकीय इनिङ्स खेले । टेस्टमा क्रोलीको यो पहिलो दोहोरो शतक हो ।

यस्तै जोस बट्लरले १ सय ५२ रनको शतकीय इनिङ्स खेले ।

त्यसबाहेक इंग्ल्यान्डका क्रिस वोक्सले ४० रन जोड्दा डम बेस २७ रनमा अविजित रहे । यता कप्तान जोय रुट २९ तथा डम सिब्ली २२ रनमा आउट भएका थिए ।

पाकिस्तानका यासिर शाह, शहिन अफ्रिदी र फावद आलमले २/२ विकेट लिए ।

दुई टिमबीचको यो टेस्ट निर्णायक हुनेछ ।

यसअघि पहिलो टेस्टमा इंग्ल्यान्ड विजयी भएको थियो भने वर्षाले प्रभावित दोस्रो टेस्ट बराबरीमा सकिएको थियो। त्यसैले तेस्रो टेस्ट जिते इंग्ल्यान्डले सिरिज जित्नेछ। पाकिस्तान विजयी भए सिरिज बराबरीमा सकिनेछ।

प्रकाशित मिति: : 2020-08-23 05:52:51

प्रतिकृया दिनुहोस्