बाल गोपाल देवकोटा
शिशिर यमको सेतो हिउँलाई पन्छ्याउँदै आयौ वसन्त ऋतु तिमी
दुबो, घाँस, पालुवा, हरियाली आदि छर्दै आयौ वसन्त ऋतु तिमी।
चराचुरुङ्गीलाई बसाइँ सार्दै आयौ पहाडदेखि बेसी वसन्त ऋतु तिमी
कोइली गाउँदै अनि मयुरलाई नचाउँदै आयौ वसन्त ऋतु तिमी।
जताततै हरियाली अनि हराभरा नयाँ वर्षसँगै आयौ वसन्त ऋतु तिमी
किसानको ओठमा खुसीका साथ मुस्कान छर्दै आयौ वसन्त ऋतु तिमी।
लाखौँ पुष्प, फलफूल अनि मञ्जरी फुलाउँदै आयौ वसन्त ऋतु तिमी
दुलही झैँ सिँगारिँदै मुस्कुराउँदै ऋतुराज बन्दै आयौ वसन्त ऋतु तिमी।
न जाडो न गर्मी न आँधि न बेरी बोकी आयौ वसन्त ऋतु तिमी
सबै जीवजन्तु प्राणीको प्यारो मन मुटु बन्दै आयौ वसन्त ऋतु तिमी।
मिर्मिरे बिहानीमा उषाका किरण छर्दै आयौ वसन्त ऋतु तिमी
अँधेरीमा जुनकिरी बनी उज्यालो छर्दै आयौ वसन्त ऋतु तिमी।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया