बाल गोपाल देवकोटा
शिशिर यमको सेतो हिउँलाई पन्छ्याउँदै आयौ वसन्त ऋतु तिमी
दुबो, घाँस, पालुवा, हरियाली आदि छर्दै आयौ वसन्त ऋतु तिमी।
चराचुरुङ्गीलाई बसाइँ सार्दै आयौ पहाडदेखि बेसी वसन्त ऋतु तिमी
कोइली गाउँदै अनि मयुरलाई नचाउँदै आयौ वसन्त ऋतु तिमी।
जताततै हरियाली अनि हराभरा नयाँ वर्षसँगै आयौ वसन्त ऋतु तिमी
किसानको ओठमा खुसीका साथ मुस्कान छर्दै आयौ वसन्त ऋतु तिमी।
लाखौँ पुष्प, फलफूल अनि मञ्जरी फुलाउँदै आयौ वसन्त ऋतु तिमी
दुलही झैँ सिँगारिँदै मुस्कुराउँदै ऋतुराज बन्दै आयौ वसन्त ऋतु तिमी।
न जाडो न गर्मी न आँधि न बेरी बोकी आयौ वसन्त ऋतु तिमी
सबै जीवजन्तु प्राणीको प्यारो मन मुटु बन्दै आयौ वसन्त ऋतु तिमी।
मिर्मिरे बिहानीमा उषाका किरण छर्दै आयौ वसन्त ऋतु तिमी
अँधेरीमा जुनकिरी बनी उज्यालो छर्दै आयौ वसन्त ऋतु तिमी।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया