महामारीविरुद्ध दैनिक १७ घण्टा लड्ने डा. जामुन सिंह

शिलापत्र

काठमाडौँ

राेहित महताे

‘बिहान बाथरुम पुग्दा मिनेटैपिच्छे बिरामीको फोन आउँछ । परिस्थितियस्तो छ कि हरेक फोन उत्तिकै महत्वपूर्ण छ । त्यसैले उठाउनैपर्ने बाध्यता पनि छ । कुन बिरामी कतिखेर कुन पीडामा हुन्छन् सबैसँग डिल गर्नुपर्छ । चैनका साथ कहिल्यै नित्यकर्म पनि गर्न सक्दिनँ’, उनी भन्छन्, ‘न खाजा न कहिल्यै खानाकै ठेगान हुन्छ । पछिल्लो समय प्रायः दिउँसो २/३ बजेपछि मात्र खाना खाने फुर्सद हुन्छ । कहिलेकाहीँ भोकै पनि बस्नुपर्ने अवस्था आइपर्छ । अचेल जीवनको कुनै रुटिनै छैन् ।’

दिनभर कोरोना संक्रमितसँगै अन्यको उपचार र व्यवस्थापनमा समेत खटिने उनी राति २ बजेपछि मात्र ओछ्यानमा कोल्टे फेर्ने मौका पाउँछन् । तर, उठ्नासाथ मोबाइल हेर्दा कम्तीमा ७÷८ वटा कल छुटिसकेको हुन्छ । र, सुतिरहेकैबेला बजिरहने फोनकै घण्टी सुनेर उनका श्रीमती र बालबच्चा आजित भइसकेका छन् । 

प्रादेशिक अस्पताल जनकपुरका कोभिड अस्पताल इन्चार्ज डा. जामुनप्रसाद सिंहको दैनिकी यसरी नै चलेको छ अहिले । धनुषा, महोत्तरी र सर्लाही गरी ३ जिल्लाका संक्रमितको उपचार तथा व्यवस्थापन गर्ने यो अस्पतालले जिम्मेवारी पाएको छ । तर, नेपालमा कोरोना संक्रमण पाइएदेखि रातदिन  विभिन्न सरकारी, गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमपछि संक्रमण  रोकथाम, नियन्त्रण तथा उपचारमा खटिएका उनी पछिल्लो समय ‘हार्ड ड्युटी’ ले शारीरिक कमजोरी महसुस गरिरहेको सुनाउँछन् । 

प्रकाशित मिति: : 2020-08-23 12:50:14

प्रतिकृया दिनुहोस्