निर्मला हत्या प्रकरणमा अदालतले भन्यो-बाराक ओबामाले माफी माग्दा प्रहरी नेतृत्वले किन माफी नमाग्ने ?

काठमाडौं-कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीसँग प्रहरी नेतृत्वले माफी माग्नु पर्ने जिल्ला अदालत कञ्चनपुर फैसला सुनाएको छ।

उक्त प्रकरणको अनुसन्धानमा खटिएका ८ प्रहरी कर्मचारीविरुद्ध प्रमाण नष्ट गरेको र सार्वजनिक न्यायविरुद्धको कसुर र यातना दिएको आरोपमा मुद्दा चलाइएकामा उनीहरुलार्ई जिल्ला अदालत कञ्चनपुर सफाइ दिएको थियो। 

उक्त फैसलाको पूर्ण पाठमा प्रहरी कर्मचारीले पक्राउ परेका दिलिप सिंह विष्टलाई यातना दिनुपर्ने कुनै कारण नभएको र प्रमाण नष्ट समेत नगरेको उल्लेख गरिएकाे छ। 

दिलिपलाई हिरासतमा लिँदा र छाड्दा स्वास्थ्य परीक्षण गरेको, परीक्षण गर्ने डाक्टरले समेत दिलिपलाई यातना दिएको नदेखिएको अदालतमा बताएको, निलडाम चोटपटक नदेखिएको, सरकारी वकिलकै सामु सोधपुछ गरेको भिडियो फुटेजमा समेत कुनै यातना दिएको छनक नदेखिएको र यातना दिनुपर्ने पर्ने कुनै कारण नभएको पूण पाठमा उल्लेख छ।

प्रकाशित मिति: : 2020-08-23 14:06:42

प्रतिकृया दिनुहोस्