स्वास्थ्यकर्मी र संक्रमितमाथि सहरवासीको अमानवीय व्यवहार, यस्तो छ संक्रमणको अवस्था

निर्मला घिमिरे/प्रजु पन्त

काठमाडौं- काठमाडौं महानगरपालिकामा आइतबारसम्म कोरोना सङ्क्रमितको संख्या १ हजार ६ सय २० पुगेको छ। यीमध्ये ३ सय ६९ जना होम आइसोलेसनमा छन् भने २७ जना सम्पर्कविहीन छन्। काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखा कोभिड-१९ फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार २ सय ३१ जना संक्रमणमुक्त भएका छन्। महानगरमा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ। 

ओलीका अनुसार वडाको सम्पर्कमा नआएका, नम्बर गलत टिपाएका संक्रमितहरू सम्पर्कविहीन भएका हुन्। तर उनीहरूको खोजी भइरहेको ओलीले जानकारी दिए। ‘केही सङ्क्रमित सम्पर्कविहीन हुनुभएको छ,’ ओलीले भने, ‘उहाँहरुको खोजी कार्य भइरहेको छ।

संक्रमितमाथि सहरवासीको अमानवीय व्यवहार
महानगरले हालसम्म कुनै पनि आइसोलेसनको व्यवस्था गरेको छैन। आफ्नै आइसोलेसन नहुँदा सङ्क्रमित घरै बस्नै बाध्य भएका हुन्। काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलका अनुसार महानगरले आफैंले आइसोलेसन बनाउन नपाएकाले सङ्क्रमितलाई होम आइसोलेसनमा राख्ने विकल्प नभएको हो। ‘महानगरको आफ्नै आइसोलेसन छैन,’ डगोंलले भने, ‘लक्षण नदेखिएका र अवस्था सामान्य भएका सङ्क्रमितलाई होम आइसोलेसनमा राखिएको छ।’

प्रकाशित मिति: : 2020-08-24 21:13:23

प्रतिकृया दिनुहोस्