स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

रुपन्देहीको तिलोत्तमामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  

तिलोत्तमा ३ सीता राइस मिल नजिकै मंगलबार राति भएको दुर्घटनामा स्कुटर चालक तिलोत्तमा २ शंकरनगरका ४० वर्षीय शंकर कार्कीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।

बुटवलबाट मणिग्रामतर्फ जाँदै गरेको लु २६ प १४५५ नम्बरको स्कुटर राति सवा ११ बजे सडकमा पल्टिँदा कार्की गम्भीर घाइते भएका थिए ।

उनको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पाण्डेले बताए । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए ।

प्रकाशित मिति: : 2020-08-26 14:53:50

प्रतिकृया दिनुहोस्