सन्दीप सम्मिलित जमैकाकाे तेस्राे हार, बार्बाडोस ३६ रनले विजयी

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा तेस्रो हार बेहोरेको छ। प्रतियोगिताको पाँचौ खेलमा जमैकाले बार्बाडोससँग ३६ रनको हार बेहोरेको हो।

बिहीबार जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रनमात्र जोड्न सक्यो। 

क्रुमा बोनरले ३१ रन जोडे। बोनरले २८ बलमा ३१ रन जोडे। उनले ३ चौका र १ छक्का प्रहार गरे तर रशिद खानको बलमा ठूलो सट खेल्ने क्रममा क्याच आउट भए। 

यता जर्मेन ब्लाकवुडले २८ रन जोडे। २८ बलमा १ चौका र २ छक्कासहित २८ रनको जोडेका हुन्। उनी सान्टनरको बलमा कप्तान होल्डरबाट क्याचआउट भएका थिए।

जमैकाले सातौं ओभरमा नै ४ विकेट गुमाउँदा मात्र २७ रन जोड्न सकेको थियो। ओपनर ग्लेन फिलिप्स पहिलो ओभरमै मिचेल सान्टनरको बलमा शून्यमा बोल्ड हुँदा अर्का ओपनर चाडविक वाल्टन १० रन जोड्दै आउट भए। कप्तान होल्डरले दोस्रो ओभरमा वाल्टन र पाँचौ ओभरमा विपक्षी कप्तान रोभमान पावेललाई विकेटकिपर शाइहोपबाट क्याच गराएका थिए।

यस्तै आसिफ अली २ रन जोड्दै हेडन वाल्स जुनियरको बलमा क्याच आउट भए। रशिद खानले कार्लोस ब्रेथवेटलाई एलबीडब्लु धरापमा पारे उनले १ रन मात्र जोडे। 

मुजिबले तल्लोक्रममा १० बलको सामना गर्दै १ चौका र २ छक्कासहित १८ रन जोडे। उनी रेमन राइफरको बलमा एलबीडब्लु आउट भए। सन्दीप लामिछाने ४ रन र एडवार्ड्स २ रनमा नटआउट रहे।

बार्बाडोसका स्पिनरहरु राशिद खान र मिचेल सान्टनरले २(२ तथा हेडन वाल्सले १ विकेट लिए। जेसन होल्डर र रेमन राइफरले २(२ विकेट बाँडे।

टस जितेर पहिलो ब्याटिङ रोजेको बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन जोड्यो।

बार्बाडोसका लागि काइल मेयर्सले सर्वाधिक ८५ रनको योगदान दिएका थिए। उनले ५९ बलमा ३ चौका र ८ छक्का प्रहार गरे। उनले कार्लोस ब्रेथवेटले फ्याँकेको १८ औं ओभरमा ४ छक्कासहित २९ रन जोडे। 

मेयर्स र होल्डरले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गरे। 

कप्तान होल्डरले १४ बलमा १५ रन जोड्ने क्रममा १ छक्का प्रहार गरे। मिचेल सान्टनर २० रनमा नटआउट रहे। उनले १९ बलको सामना गर्दै २ चौका प्रहार गरे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

मुजिब उर् रहमानले ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए। उनले ओपनरद्वय जोन्सन चार्ल्स ३ र शाइ होप ८ तथा अलराउन्डर कोरी एन्डरसन १ लाई पेभेलियन फर्काएका थिए।

यता सन्दीपले ४ ओभरमा मात्र १६ रन दिँदै २ विकेट लिए। सन्दीपले राशिद खानलाई मुजिबको हातबाट शून्यमा क्याच आउट तथा एशले नर्सलाई २ रनको अवस्थामा बोल्ड गरेका थिए।

जमैकाका फिडेल एडवार्ड्स र कार्लोस ब्रेथवेटले १–१ विकेट लिए। ब्रेथवेटले एकै ओभरमा २९ रनसहित समग्रमा ३ ओभरमा ४५ रन खर्चिए। रोभमान पावेल र विरसामी पर्मल विकेटविहिन रहे।

प्रकाशित मिति: : 2020-08-27 06:56:35

प्रतिकृया दिनुहोस्