मनमोहन अस्पतालको ६१ रोपनी जग्गा किन्ने सरकारको तयारी

नेपाल लाइभ

काठमाडौँ

सविन मिश्र

सरकारले नेपाल स्वास्थ्य सेवा सहकारी (मनमोहन मेडिकल कलेज)सँग ६१ रोपनी जग्गा किन्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका-१ दहचोकमा रहेको अस्पतालको ६१ रोपनी जग्गा र भवन खरिदको प्रक्रिया अघि बढाउन मन्त्रिपरिषद्‍मा प्रस्ताव पठाएको छ।

मन्त्रालयले काठमाडौंमा सरुवा रोग अस्पताल निर्माणका लागि यो जग्गा अधिग्रहण गर्ने र भवन निर्माण गर्ने तयारी गरेको छ। 'बजेटमा उल्लेखित सरुवा रोग अस्पताल निर्माणका लागि जग्गा आवश्यक परेकोमा स्वास्थ्य मन्त्रालयले गठन गरेको अध्ययन टोलीले त्यही जग्गा उपयुक्त छ भन्ने भएपछि अधिग्रहणको प्रक्रिया अघि बढाउन मन्त्रिपरिषदमा प्रस्ताव पठाएका छौँ,' स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो। 

प्रकाशित मिति: : 2020-08-27 07:39:53

प्रतिकृया दिनुहोस्