पर्सा, बारा र रौतहटमा थपिए ३३ काेराेना संक्रमित

वीरगञ्जमा हाेम आइसाेलेसनमा बसेका संक्रमितकाे घरमा सूचना टाँसिदै। फाइल तस्वीर

पर्सा, बारा र रौतहटमा थप ३३ कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

वीरगञ्जस्थित नारायणी अस्पतालले बुधबार राति सार्वजनिक गरेको पीसीआर रिपोर्ट अनुसार ५१० वटा नमुना परिक्षण गर्दा जम्मा ३३ जनामा मात्र संक्रमण पुष्टि भएको हो। 

अस्पतालकका प्रवक्ता डा अतुलेश चौरसियाका अनुसार ३३ जनामा ४ जना महिला र २९ जना पुरुष रहेका छन्। उनीहरु १२ वर्षदेखि ७० वर्ष उमेर समुहका हुन्। जसमा पर्साका २४, बाराका ६ र रौतहटका ३ जना संक्रमित रहेका छन्। 

जसमध्ये नारायणी अस्पतालको क्वाटरमा बसेका दुई जना स्वास्थ्यकर्मी र एक तिनको छोरा संक्रमित भएका छन्। 

त्यसैगरी, सशस्त्र प्रहरी पर्सा वीरगञ्जका २ जना सुरक्षाकर्मी पनि संक्रमित भएको नारायणी अस्पतालले जनाएको छ। 

बाराको जितपुरमा रहेको सैनिक ब्यारेकका एक जना सिपाही, रौतहट प्रहरीका ३ जना थुनुवामा संक्रमित भएको प्रयोगशालाकी डा नीरा पाठकले जानकारी गराइन्। 

नारायणी अस्पतालमा पछिल्लो पटक भइरहेको कोरोना संक्रमण परीक्ष्०मा संक्रमितको स्रख्या घट्दो क्रममा छ। वीरगञ्ज लगायत पर्सा, बारा, रौतहटका लगातार चार दिनदेखि संक्रमण दर कुल परीक्षणको तुलनामा १३ प्रतिशत भन्दा मुनि देखिएको छ। 

कुल नमुनाको ६ दशमलव ४६ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। यो वीरगञ्ज आसपासको लागि खुशीको कुरा हो तर अहिले नै अवस्था कुन रुपमा बढि बढिरहेको भन्नेको निक्र्यौल गर्न नसकिने अस्पतालकका प्रवक्ता डा चौरसियाले बताए।

प्रकाशित मिति: : 2020-08-27 11:40:54

प्रतिकृया दिनुहोस्