सामाजिक सञ्जालले कुलमानलाई दिएकाे नियुक्ति सरकारलाई थाहा हुँदैन: सरकारका प्रवक्ता

सरकारका प्रवक्ता डा=युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनM नियुक्ति नगरिएकाे बताएका छन्। 

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन्।

‘सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन। उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन’, उनले जवाफ दिने क्रममा भने, ‘तर मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन। त्यससम्बन्धि छलफल पनि केही भएको होइन।’

प्रकाशित मिति: : 2020-08-27 16:37:58

प्रतिकृया दिनुहोस्