वीरगञ्ज नगर क्षेत्रभित्र घोषणा गरिएकाे निषेधाज्ञा भाद्र १८ सम्म जारी रहने

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज नगर क्षेत्रभित्र घोषणा गरेको निषेधाज्ञाको समयाबधिलाई बढाएकाे छ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठकले श्रावण १० गतेदेखि वीरगञ्जमा जारी गरिएको निषेधाज्ञालाई भाद्र १८ गते राति १२ बजेसम्म महानगर क्षेत्रभित्र निरन्तरता दिने निर्णय गरेको हाे । 

त्यसैगरी बैठकले भाद्र १९ गतेपछि पनि जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न नपाइने, कुनैपनि मेलामहोत्सब जात्रा सञ्चालन गर्न, मानिस भेला हुन, भिडभाड गर्न, सभाजुलुश गर्न नपाइने, परम्परागत रुपमा भई आएका दैनिकरुपमा हुने आन्तरिक, नित्य पुजाबाहेकका सम्पुर्ण धार्मिक सांस्कृतिक गतिबिधीहरु सञ्चालन गर्न नपाइने, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्युशन सेन्टर, भाषाकक्षा लगायतका जमघट हुने गतिबिधीहरु सञ्चालन गर्न नपाइने, सबै प्रकारका सभा, गोष्ठी, सम्मेलन,तालिम, सेमिनार, सिनेमाहल, पार्टीप्यालेश, सपिङ्गमल, डिपार्टमेन्टल स्टोर, मनोरन्जन स्थल, सैलुन, व्यूटिपार्लर, स्पा, स्वीमिङ्ग, जिमखाना, खेलकुद, पुस्तकालय, संग्राहलय आदी सञ्चालन गर्न नपाईने, चिया पसल, खाजाघर, होटल रेष्टुरा सञ्चालन गर्न नपाउने निर्णय गरेको छ ।  

त्यसैगरी बैठकले भाद्र १९ गते देखी वीरगञ्ज महानगरपालिकाको बजार क्षेत्रभित्रका पसलहरु, उद्योग बाणिज्य संघको समन्वयमा आइतबार, मंगलबार, बिहीबार बाटोको एकातर्फ र सोमबार, बुधबार, शुक्रबार बाटोको अर्काेतर्फका पसलहरु दिनको ११ बजेदेखि ४ बजेसम्म खोल्ने साथै यस्ता पसलहरु शनिबार बन्द गर्ने निर्णय गरेको छ । 

त्यसैगरी भदौ १९ गते देखी तरकारी तथा फलफुलको बिक्रि बितरणको लागि प्रत्येक दिन रेल्वे रोडको तोकिएको स्थानमा बिहान ५ बजेदेखी ८ बजेसम्म ३ घण्टा समय निर्धारण गर्ने निर्णय गरेको छ ।

 बैठकले पसल सञ्चालन र फलफुल बिक्री गर्दा सामाजिक दुरी लगायतका मापदण्ड पालना नगरिएमा संक्रमण रोग नियन्त्रण ऐन २०२०को दफा ३ को १ र २ बमोजिम सम्बन्धित व्यबसायीलाई कार्वाहीगर्ने निर्णय गरेको छ । 

बैठकले पर्सा जिल्ला संग जोडीएको भारतको तथा बारा जिल्लाको सिमाना इनर्वा, सिर्सीया, तिलाबे, परवानीपुरमा सुरक्षा व्यवस्था थप कडा पार्दैै अनावस्यक आवागमन नियन्त्रण गर्ने निर्णय गरेको छ । कोभिड संक्रमणको बिस्तारलाई रोक्न 'नो माक्स, नो मुभ' अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 

निषेधाज्ञा अबधिभर अतिआबस्यक बस्तुको ढुवानी सहजताकालागl उद्योग बाणिज्य संघ वीरगञ्जले समन्वय तथा सहजीकरण गर्ने, उद्योग प्रतिष्ठानहरुमा हुनसक्ने सम्भाबित संक्रमण नियन्त्रण तथा त्यहाबाट हुन सक्ने संक्रमण बिस्तारलाई रोकथाम गर्न नेपाल सरकारद्धारा जारी सुरक्षा तथा स्वास्थ्य सम्बन्धि मापदण्ड अनिवार्य रुपमा पालना गर्न लगाउने निर्णय बैठकले गरेको छ  ।

त्यसैगरी बैठकले अस्पतालमा रगतको अभाव हुन नदिन ब्लड बैैंकले प्रभाबकारी व्यवस्थापनमा रक्तदान कार्यक्रमको आयोजना गर्ने, वीरगञ्जका बैंक तथा बित्तिय संस्थाहरु आवस्यकता र मानबियताका आधारमा अतिसंबेदनशिल क्षेत्रमा सुरक्षा तथा स्वास्थ्य सम्बन्धि सम्पुर्ण मापदण्ड पुरागरी सेवा उपलब्ध गराउने, अतिगरिब, बिपन्न,दैनिक ज्यालादारी गरी जिबिकोपार्जन गर्ने नागरीकलाई महानगरपालिकाले आवस्यकताका आधारमा राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले कोभिड १९ को प्रभाबकारी व्यवस्थापन गर्न कन्ट्र्याक ट्रेसिङ्गको कार्यलाई थप सहज बनाउन महानगर क्षेत्रभित्र प्रत्येक वाडा अध्यक्षको संयोजकत्वमा स्वास्थ्यकर्मीलाई परिचालन गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटिआएका चिकित्सकहरुलाई कोभिड १९ का बिरामीहरुको उपचारमा खटाउने, सुख्खाबन्दरगाह र एकिकृत जाँच चौकीबाट हुने मालबस्तुको ढुवानी, चालक, सहचालक, भरिया, कामदार, सवारी साधनको सम्पुर्ण व्यवस्थापन सम्बन्धित भन्सार कार्यालयले गर्ने र सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोभिड १९ नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: : 2020-08-28 18:12:18

प्रतिकृया दिनुहोस्