बायर्न म्युखिनका मिडफिल्डर थोमस मुलरले बार्सिलोना कप्तान लियाेओनल मेसी यो ग्रहका उत्कृष्ट खेलाडी मध्ये एक भएकाे बताएका छन्।
च्याम्पियन्स लिगकाे क्वार्टरफाइनलमा बार्सिलोनालाई ८–२ ले हराएकाे केही दिनपछि उनले उक्त कुरा बताएका हुन्।
‘पछिल्लो सय बर्षमा मेसी यो ग्रहका उत्कृष्ट खेलाडी मध्ये एक हुन्,’ उनले भने।
उनले मेसीकाे नयाँ यात्रालाई उत्सुकतापूर्ण हुनेसम्म बताएका छन्।
‘उनको बर्हिगमन भयो भने विश्व फुटबलमा कस्तो परिवर्तन आउँछ उत्सुकतापूर्ण हुनेछ। यसमा कसैले आलोचना गर्दैनन्। म उनको नयाँ यात्रालाई उत्सुकताका साथ हेरिरहेको छु,’ उनले भने।
बार्सिलोनाले भन्दा आफ्नो टोलीले राम्रो तयारी
मुलरले च्याम्पियन्स लिगमा आफ्नाे टाेलिलाई फाइनलमा पीएसजीसँग खेल्न धन्दा क्वाटरफाइनलमा बार्सिलोनासँग खेल्न सहज भएकाे पनि बताएका छन्।
‘म हाम्रा प्रशिक्षकलाई बधाई दिन्छु। उदाहरणका लागि भनौं बार्सिलोना वार्म अपका लागि त्यति बेला मात्र मैदानमा आएको थियो, जति बेला हामीले वार्म अप गरेको १० मिनेट बितिसकेको थियो।बार्सिलोनाले भन्दा हाम्राे टोलीकाे राम्रो तयारी थियाे’, उनले भने।
मुलरले बार्सिलोना बढी नै आराममा देखिएको पनि सुनाए। ‘एउटा उदाहरणले नै हारेको अर्थ लगाउन मिल्दैन,’ उनले थपे,’ तर त्यस्ता विषयले खेलमा फरक पार्न सक्थ्यो। तर, मलाई लाग्छ हामी जितका लागि निकै भोका थियौं। उनीहरु हामीभन्दा बढी नै आरामदायी देखिएका थिए।’